ओमप्रकाश चौधरी, सेढवा, २१ चैत/
पर्साको ग्रामीण क्षेत्रका किसानहरूलाई अहिले गहुबाली भिœयाउन भ्याइ नभ्याई भएको छ। धानपछिको मुख्य बालीको रूपमा रहेको गहँु भिœयाउन किसानहरू व्यस्त छन्।
जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवापरसौनी, धोबिनी, छिपहरमाई, विन्दवासिनी गाउँपालिका, पर्सागढी, बहुदरमाई नगरापालिकालगायत क्षेत्रका किसान गहँु भिœयाउनमा व्यस्त छन्।
जीराभवानी गापा–२ का सुरेश दास थारूले फागुन महीनामा आएको हावाहुरी तथा वर्षाको कारण अधिकांश गहँुबाली ढलेको बताए। उनले सो क्षति नभएको भए पर्सामा गहुँ खेती गत वर्षभन्दा बढी हुने बताए।चैतमा हावाहुरी, असिना–पानी हुने सम्भावना बढी भएकोले किसानहरू हतारहतार गहुँ भिœयाउन व्यस्त छन्। मानव–शक्तिभन्दा हार्भेस्टरबाट गहुँ कटानी गर्दा समय र खर्चको बचत हुने उनले बताएका छन्।
यसपटक फागुन महीनामा भएको हावाहुरी असिनाले किसानहरूले थप क्षति नहोस् भनेर समय अगावै बाली भिœयाउन शुरू गरेका छन्।