प्रस, वीरगंज, १९ चैत/
रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएको छ। रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले ओ पोजिटिभबाहेक सबै समूहको रगत अभाव भएको बताएका छन्।
फागु पूर्णिमा अगावै चैत १३ गतेपछि रक्तदान कार्यक्रम हुन नसकेको कारण रगतको अभाव भएको बताएका छन्। केन्द्रबाट दैनिक ५० युनिटसम्म रगतको खपत भइरहेको र रक्तदान कार्यक्रम प्रभावित हुँदा रगतको अभाव भएको उनले बताए।
रगतको अभाव टार्न सबै सङ्घसंस्था र रक्तदातालाई रक्तदान गर्न आग्रह गरिएको छ।