गोली प्रहारबाट युवकको मृत्यु

0

प्रस, रक्सौल, १९ चैत/
भारत, बिहारको रामगढवा थाना क्षेत्र अन्तर्गत चम्पापुरको मननामा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ। बिहीवार बिहान स्थानीय ३५ वर्षीय पन्नालाल साहलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको रामगढवा पुलिस थानाध्यक्ष सन्तोषकुमार शर्माले बताए। प्रहरीले घटनास्थलबाट थ्री नट पेस्तोल र एउटा खोका बरामद गरेको छ।
मृतकका भाइ मोहनलाल साहका अनुसार बिहीवार बिहान ५ बजे मनरेगा पार्कनजीकै खेतमा गहुँ काट्न गएका पन्नालाललाई अज्ञात व्यक्तिले गोली प्रहार गरेपछि उनी अचेत भएका थिए। साढे ५ बजेतिर उनलाई गाउँलेहरूले देखेपछि उपचारको लागि रक्सौल लैजाने क्रममा बाटोमा मृत्यु भएको मृतकका भाइ मोहनलालले बताए। मृतक पन्नालाल दुई भाइसँगै टायल्स उद्योगमा काम गर्दथे। शवको शल्यपरीक्षणको लागि मोतीहारी पठाइएको थानाध्यक्ष सन्तोष कुमारले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here