प्रस, बिरुवागुठी, १४ चैत/
पर्सागढी नगरपालिकामा सञ्चालित बालबालिकाको लागि नेतृत्व तथा उद्घोषणसम्बन्धी दुई दिने तालीम शनिवार सम्पन्न भयो। नगरपालिकाको आर्थिक सहयोगमा वडा नं २ वडा कार्यालयको सभाकक्षमा तालीम सम्पन्न भयो।
सृजनशील शिक्षा विकास केन्द्रद्वारा आयोजित तालीम समापन कार्यक्रममा सृजनशील शिक्षा विकास केन्द्र पर्साका कार्यक्रम संयोजक प्रमोदप्रसाद यादवको अध्यक्षता र नगरपालिकाको वडा नं २ का अध्यक्ष वेदमान दास थारूको मुख्य आतिथ्यमा भएको थियो। सो अवसरमा मुख्य अथिति थारू, प्रशिक्षक प्रताप श्रेष्ठ, नगरपरिषद् सदस्यहरू आत्माराम अधिकारी, मीरा चौधरी, सुनैनादेवी विश्वकर्मा, कार्यक्रमका सहसंयोजक बलिराम शुक्लले तालीमको सफलताबाट आपूmहरू उत्साहित भएको बताउँदै थप प्रशिक्षणको लागि पहल गर्ने प्रतिबद्धता जनाए।
प्रशिक्षार्थी उद्घोषक रविताकुमारी साहले सहजीकरण र आयोजक संस्थाका लेखापाल सुस्मिताकुमारी चौधरीले सहजीकरण गरेको समापन
कार्यक्रममा प्रशिक्षार्थीहरू समीर महतो, अञ्जुकुमारी चौधरी, सुशील चापागाईं, रञ्जु यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।
तालीममा मनोज पन्त नेतृत्वको प्रशिक्षक टोलीले प्रशिक्षण दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here