प्रस, पोखरिया, १४ चैत/
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरिया नगरपालिका–८ जगतपुरको आयोजनामा होली र सबेबरात पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले कार्यक्रमको उद्घाटन गर्दै पोखरिया नगरपालिकाको सहकार्यमा पोखरियामा तरकारी चिस्यान केन्द्र स्थापना गर्ने प्रतिबद्धता जाहेर गरे। उनले किसानहरूको लागि प्रदेशका ८ वटै जिल्लामा चिस्यान केन्द्र स्थापना गर्ने नीतिअनुरूप प्रदेश नं २ को पोखरियामा चिस्यान केन्द्र स्थापना गरिने जानकारी गराए।उनले किसानहरूलाई मलखादको समस्याबाट निजात पाउनको लागि जैविक मलको प्रयोग गर्न सुझाव दिए। उनले जैविक मल ७५ प्रतिशत छुटमा उपलब्ध गराउने प्रदेश सरकारको नीति रहेको बताए।
प्रदेश मन्त्री साहले कृषि ऋण अन्तर्गत मलखादको लागि ७५ प्रतिशत सहुलियत उपलब्ध गराउने घोषणा गरे।
उनले लकडाउनको समयमा किसानहरूले लिएका ऋणमा सहुलियत दिइने घोषणा गरे। उनले चालू आवमा युवाहरूलाई रोजगार सृजना गराउने बताए। संस्थाका अध्यक्ष्F फयिम हवारीको अध्यक्ष्Fतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य पारस साह, जिल्ला कृषि सहकारी सङ्घ पर्साका अध्यक्ष शिवकुमार साह, जसपाका केन्द्रीय सदस्य शिव पटेल, जनाद्र्धन यादव, फिरोज मन्सुर, प्रदेशसभा सदस्य करिमा बेगम, भीमा यादव, पोखरिया नगरपालिककी उपप्रमुख सलमा खातुनलगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण राजेश साह र स्वागत राजुसाह तेलीले गरेका थिए।