प्रस, वीरगंज, १३ चैत/
स्थानीय माउन्ट एडमन्ड माध्यमिक विद्यालयले प्रेम र सद्भावको पर्व फागुलाई स्वच्छता र सचेतनाको सन्देशसहित सम्पन्न गरेको छ।
पछिल्लो एक वर्षदेखि कोरोना सङ्क्रमणको जोखिम झेल्दै आएकोमा विद्यालयद्वारा विद्यार्थी र अभिभावकमा आवश्यक स्वच्छता र कोभिड–१९ सँग जोगिने सचेतना फैलाउने माध्यमको रूपमा फागुको उपलक्ष्यमा आयोजित बाल महामूर्ख सम्मेलनलाई लिइएको छ।विद्यालयको यस प्रयासलाई अभिभावकसमेतले प्रशंसा गरेका छन्। फागु वर्षमा एकचोटि आउँछ। यो आनन्द र सौहार्दको साटासाट गर्ने उत्सव पनि हो। यस परिस्थितिलाई बुझेर विद्यालयद्वारा यसको सिर्जनात्मक अभिव्यक्ति होस् भन्न बाल महामूर्ख सम्मेलन आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक अनन्तकुमारलाल दासले बताए।
विद्यालयका अभिभावक रोहित गुप्ताले विद्यार्थीहरूलाई यस्तो पर्व मनाउनबाट वञ्चित गर्न नसकिने र सङ्क्रमणसँग जोगिने आवश्यक सावधानी पनि अपनाउनुपर्ने भएकोले सन्तुलन मिलाउन जुन काम विद्यालयले गरेको छ, त्यो सराहनीय भएको बताए।
पर्वलाई समकालीन परिस्थितिसँग जोडेर परिवर्तनकारी सन्देश दिने काम भयो भने पर्वको जीवन्तता झन् बढ्छ भन्ने धारणा कार्यक्रमका सभापति अर्जुन शम्शेर जबराले व्यक्त गरे भने अनीता चौरसिया र प्रमोद चौधरीले फागु र कोरोनासँग बच्ने उपाय सुझाएका थिए।
हास्य र व्यङ्ग्यले भरिएको सो कार्यक्रममा अङ्कको आधरमा म. अफजल हुसैनले बाल महामूर्ख, साबिर अलीले बाल पटमूर्ख र खेमराज चौधरीले बाल मूर्खराजको उपाधि हासिल गरेका थिए। कार्यक्रमको सहजीकरण कक्षा ८ की विपेक्षा सुवेदी र लीजा श्रेष्ठले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here