प्रस, सिम्रौनगढ, ११ चैत/
सिम्रौनगढ नगरपालिकासँग जोडिएको भारतीय सीमानाकाबाट खुलेआम तस्करी शुरू भएको छ। सिम्रौनगढ क्ष्Fेत्रको खजानी, श्रीनगर बैरिया, बेलदारी, कचोर्वालगायतका क्ष्Fेत्रमा तस्करी मौलाएको छ।
करीब दुई सातादेखि यो क्षेत्रबाट खुलेआम तस्करी भइरहेको स्थानीयले गुनासो गरे। भारतमा कोरोना बढेसँगै सीमा क्षेत्रमा कडाइ गरिएको सरकार र त्यस मातहतका प्रशासनले दाबी गरे पनि सिम्रौनगढमा तस्करी मौलाएको घटनाले सो कुरालाई मिथ्या साबित गरेको छ। भारतीय तस्करहरूले सामानहरू सीमासम्म ल्याउने र त्यहाँबाट नेपाली तस्करहरूले ढुवानी गरी बजार पु–याउने गर्छन्। यसैगरी, नेपाली तस्करहरूले पनि भारतको सिमानासम्म तस्करीका सामान पु–याउने र त्यहाँबाट भारतीय तस्करहरूले घोडासहन बजार पु–याउने गर्छन्। तस्करीका सामानहरू सिम्रौनगढ, कटहरिया, निजगढ, चन्द्रपुर, कोल्हवीलगायतका क्ष्Fेत्रमा पु–याइन्छ। भारतबाट खाद्यान्न, विद्युतीय सामान, लत्ताकपडा, तेल, मसालालगायतका सामान तस्करीको माध्यमबाट आउँछन् भने नेपालबाट पेट्रोलियम पदार्थ, छोहडा, मरिच, फेयर एन्ड लभ्ली, सूर्य नेपालबाट उत्पादित चुरोट र ठूलो परिमाणमा मदिराको तस्करी हुने गरेको छ। प्रहरीको नाकमुनिबाट तस्करी भइरहेकोले यसमा प्रहरीको संलग्नता रहेको स्थानीयको गुनासो छ।