प्रस, परवानीपुर, ११ चैत/
वीरगंज महानगरको बगही स्रोत केन्द्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकले शिक्षक दिनेश चौरसियालाई सम्पर्क व्यक्तिको रूपमा अस्वीकार गर्ने निर्णय गरेका छन्। चैत ८ गते ब्रह्मदेव नेराप्रावि कोहडीमा बसेको बगही स्रोत केन्द्रस्तरीय प्रअ बैठकमा यस्तो निर्णय भएको प्रधानाध्यापक साहेब यादवले जानकारी गराए।
रेलवे माविका पूर्व प्रधानाध्यापक शिक्षक चौरसिया विज्ञान विषयका मावि शिक्षक हुन्। उनीमाथि केही दिनअघि रेलवे माविमा मावि तहका छात्रालाई दुव्र्यवहार गरेको घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि यस्तो निर्णय गरेको प्रधानाध्यापकहरूले बताए। प्रअ बैठकमा उनलाई स्रोत केन्द्रबाट अन्तै सरुवा गर्न वा बगहीलाई नृसिंह मावि स्रोत केन्द्रमा गाभ्न माग भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here