सिम्रौनगढ ऐतिहासिक स्थल हो। यसको इतिहास पनि छ, इतिहासको धरोहर पनि थियो, केही अझै छ। सिम्रौनगढको वास्तविकताबारे गर्व गर्न स्थानीय जनतादेखि नेपाल सरकार कहिले चुकेको छैन, तर त्यसको खोजी, संरक्ष्Fणमा भने के सिम्रौनगढको जनता, के सरकार सबैले अलमल मात्र गरे। नतीजा के भयो भने सिम्रौनगढलाई ऐतिहासिक ठाउँ प्रमाणित गर्ने धेरै कला, संरचना र शिल्प हराउँदै गए। जसैजसै सिम्रौनगढको ऐतिहासिकता उजागर हुँदै गयो, जसैजसै यसको सम्पदाबारे बयान बढ्दै गयो, ती शिल्प, कला र संरचना स्थानीय बासिन्दाद्वारा नै लोप हुने प्रक्रिया तीव्र हुन थाल्यो। धेरै टाढाको कुरा पनि होइन, झन्डै पचास वर्षअघिसम्म सिम्रौनगढका मानिसले पुराना कलात्मक मूर्तिको घाँटी, कम्मर, गोडामा गाईवस्तुलाई बाँधेर राख्थे। सिम्रौनगढको कुनै यस्तो घर थिएन, जसको अगाडि दुई/चार थान मूर्ति नहोस्। आज ती सबै ऐतिहासिक सम्पदा हराइसकेका छन्। द्रव्यपिपासुहरूले केही बेचिसकेका छन्, जो अलि धैर्यवान् छन्, पछिको मूल्यबारे सजग छन्, धेरै यस्ता वस्तु लुकाएर राखेका छन्। सरकार त सरकार भइहाल्यो, उसले सिम्रौनगढलाई प्रसिद्ध ऐतिहासिक, पर्यटकीय तथा धार्मिकस्थलको रूपमा सूचीकृत गरिदिएर दायित्व पूरा गरिदियो।
तिनताक देखा परेका मूर्तिहरूको हबिगतले सिम्रौनगढ राज्यमा सन् १३२३ मा ग्यासुद्दिनको निरङ्कुश आक्रमणलाई प्रस्ट पार्दछ। निर्जीव मूर्तिमाथि त्यत्रो अत्याचार गर्नेले जिउँदो मानिसमाथि कति अत्याचार ग–यो होला एउटा सबल साक्ष्य थियो, जुन मासियो। आज सिम्रौनगढ मात्र एउटा गाउँ देखिन्छ। यो गाउँ नेपाल तराईका अन्य गाउँभन्दा कुनै अर्थमा पनि भिन्न देखिन्न। संरचनाको नाममा कङ्काली मन्दिर, रानीवास (जुन शायद पछि बनाइएको हो), केही पुराना पोखरी र महत्व थाहा नभएर वा काम नलाग्ने ठानेर गाउँलेले वास्ता नगरेको चीजबाहेक आज केही छैन। यसै भग्नावशेष (भग्नावशेष पनि मासिइसकेको छ)लाई नेपाल सरकार, तराई प्रदेश र सिम्रौनगढवासी कोकोहोलो मच्चाएर पर्यटक स्थल बनाउने, आम्दानी बढाउने, गर्व गर्ने आत्मरतिमा चुर्लम्म डुबेका छन्। झन्डै ६५० वर्षसम्म निरक्ष्Fर पुर्खाहरूले जुन रूपमा भएपनि जोगाइआएको धरोहरलाई आधुनिक, शिक्ष्Fित र सभ्य आजको सरकार र मानिसले बाढीले बगाएजस्तै सोत्तर पारिदिएका छन्। अब बाँकी छ, यस ऐतिहासिक भूमिले आफ्नो गर्भमा केही लुकाएको छ कि, त्यसको खोज र त्यो फेला परेपछि बल्ल सिम्रौनगढले आफ्नो हराएको पहिचान पाउनेछ, पर्यटकीय स्थल बन्नेछ।
यस सन्दर्भमा केही पहल भइरहेको छ। यहाँको रहलपहल पुरातात्विक वस्तुको खोज बेलायतको डुरान विश्वविद्यालयले शुरू गरेको छ। विश्वविद्यालयका पुरातत्वविद्हरूलाई नेपाल पुरातत्व विभागका वरिष्ठ पुरातत्वविद्हरूले सघाइरहेका छन्। सिम्रौनगढ राजधानीलाई सुरक्षा दिन बनाइएको पर्खालको परिधिभित्र यस कार्यदलले खोज शुरू गरेको छ। त्यहाँबाट कुनै अनुपम ऐतिहासिक र पुरातत्वको दृष्टिले महत्वपूर्ण वस्तु फेला प–यो भने तिनको पनि हबिगत मूर्तिहरूजस्तै हो कि त्यसलाई काठमाडौं पु–याएर थन्काउने हो अहिले थाहा छैन। काठमाडौंको चौघेरालाई नेपाल मान्ने मानसिकता भएका शासकहरूले सिम्रौनगढको वास्तविकता काठमाडौंमैं सीमित पारेर सिम्रौनगढको पर्यटनलाई सखाप पार्न कुनै बेर छैन। तराईको मेख मार्न यस्तो निर्णय हुनुलाई अन्यथा पनि मान्न सकिन्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here