प्रस, जीतपुर, १० चैत/
२ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले दुर्घटनामा वृद्धि भएको बताएका छन्।
चालू आव २०७७/०७८ को साउन–फागुन ८ महीनामा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा २ हजार ७ सय ८९ वटा सवारी दुर्घटना भएको उनले बताए। सो दुर्घटनामा २६५ जना पुरुष, ४७ जना महिला, २३ जना बालक, १९ जना बालिका गरी ३५४ जना र ३२ वटा चौपायाको मृत्यु भएको प्रउ श्रेष्ठले बताए। यसैगरी, सोही दुर्घटनामा १ हजार ३ सय १५ जना गम्भीर घाइते भएका छन् भने २ हजार ८ सय ८१ जना सामान्य घाइते भएको प्रउ श्रेष्ठले जानकारी गराए।
उनले दुर्घटनाका कारण मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, ओभरटेक, यात्रीको गलती, बिग्रिएको सडक, मौसमको अवस्था र चौपाया रहेको बताए।