प्रस, पोखरिया, ८ चैत/
नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रमा सात महीनामा रु १४ करोड महसूल सङ्कलन भएको छ।
वितरण केन्द्र प्रमुख उपेन्द्र रायले साउनदेखि फागुनसम्म सात महीनामा साढे ३५ हजार ग्राहक रहेको पोखरिया वितरण केन्द्रबाट रु १४ करोड महसूल सङ्कलन भएको बताए। उनले पोखरिया वितरण केन्द्र स्थापना भएदेखि अहिलेसम्म रु ३८ करोड बक्यौता रहेको बताएका छन्।
बक्यौता सङ्कलनको लागि सातामा दुईपटक अभियान शुरु गरिंदै आएको उनले जानकारी गराए। विद्युत् लाइन काट्ने, ताकेता गर्ने जस्ता कामहरु जारी रहेको उनले बताए। यसैगरी विद्युत् चुहावट नियन्त्रणका लागि दैनिक अभियान सञ्चालन गरिएको प्रमुख रायले बताए।यो क्रममा कारबाई गरेर रु ९४ लाख ८५ हजार असुलेको उनले बताए। उनले ७ महीनामा एक सयजनाको विद्युत् लाइन काटिएको उनीहरुबाट रु १८ लाख ११ हजार महसूल उठाएको जानकारी दिए।
उनले सात महीनाको अवधिमा २२ जनालाई पक्राउ गरिएको, दुईवटा टेलिभिजन, २० वटा पानी तान्ने मोटरपम्प, २९ वटा मिटर, तीनवटा कटर मेशिन बरामद गरेको र सोबाट रु ३ लाख ९७ हजार रकम असुल भएको जानकारी गराए।
पोखरिया वितरण केन्द्रले पर्सा जिल्लाको वीरगंज महानगरबाहेक १३ वटा पालिका हेर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here