प्रस, सेढवा, ८ चैत/
पर्साको उत्तर–पश्चिम क्षेत्र थरूवानमा चैते धान रोपाइँ शुरू भएको छ। ठोरी, जीराभवनी, पटेर्वासुगौली गाउँपालिकामा किसानहरू चैते धान खेती गर्न शुरू गरेका हुन्।
हर्दिनाथ १४४२ चैते धान रोपाइँ भइरहेको छ। तेलहन र सुर्ती बाली लगाएका किसानहरूले सो खेती भिœयाएपछि चैते धान रोपाइँ शुरू गरेका हुन्। जीराभवानी गापा–१ शान्तिनगर निवासी किसान रवीन्द्र श्रेष्ठले १४ कठ्ठामा चैते धान रोपेको बताए। उनले चैते धान ९० दिन (तीन महीना)मा तयार हुने हुँदा असारको दोस्रो साता उत्पादन भिœयाउने र भदैया धान लगाउन सकिने बताए।
एउटै जग्गामा दुई बाली धान र एक बाली सुर्ती, तोरी खेती गर्दै आएको किसान श्रेष्ठले बताए।ठोरी गापा–५ मा पर्ने सुवर्णपुर, छिरिङलाइन, क्षत्रीलाइन, गडुवालाइनलगायत क्षेत्रमा पनि असारमा लगाउने भदैया धानजस्तै चैते धान खेती भइरहेको छ।
स्थानीय मुना मगरले चैते धान खेतीमा किसानहरूको उत्साह बढेको बताइन्। उनले गत वर्ष वर्षाको कारण भदैया धानबालीमा क्षति पुगेको र त्यसको पूर्ति चैते धानखेतीबाट गर्नेगरी लागिपरेको बताइन्। केही किसानहरूले धान बाली भिœयाएर चैते धान लगाउन शुरू गरेका छन्।
पटेर्वासुगौली गापा–२ मकवानीटोल निवासी किसान बिगा रामले चैते धानको रोपाइँ शुरू गरिएको बताए। उनले आफ्नो क्षेत्रमा सबै किसानको लागि बीउको ब्याड तयार नभएको कारण केहीलाई समस्या भएको बताए। उनले दुई साताभित्र चैते धानको रोपाइँ आफ्नो क्षेत्रमा हुने बताए।
यो क्षेत्रमा सिंचाइको राम्रो व्यवस्था भएकोले पनि चैते धान खेतीमा किसानहरूको आकर्षण बढेको हो। आकाशे पानीको भर नपरी खोलानालाबाट सिंचाइ गर्न सकिने हुनाले थोरै खर्चमा भूमिगत सिंचाइको सुविधा लिंदै किसानहरूले चैते धान रोपाइँ गर्दै आएका हुन्।