प्रस, वीरगंज,७ चैत/
नेपाल भोजपुरी समाज पर्साले होली पर्व र कविता दिवसको अवसरमा शनिवार जैवना भोजपुरी सनेसा कार्यक्रम आयोजना गरेको छ।
स्थानीय होटल कुमु प्यालेसमा आयोजित कार्यक्रममा वीरगंजका आठवटा विद्यालयबाट सहभागी विद्यार्थीहरूले कविता वाचन गरेका थिए। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगीले महानगरका विद्यालयहरूमा आउँदो सत्रदेखि कक्षा १–५ मा भोजपुरी भाषाको पुस्तक पठनपाठन गराइने बताए। उनले भोजपुरी भाषाको उत्थानका लागि महानगरपालिकाले भोजपुरी साहित्य प्रतिष्ठान गठन गरेको र वीरगंज–८ मा जग्गा उपलब्ध गराएर भवन निर्माणको लागि मुख्यमन्त्रीबाट शिलान्याससमेत भइसकेको बताए। उनले भोजपुरी भाषाको उत्थान विकासका लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने आश्वासन दिए।
भोजपुरी समाज पर्साका अध्यक्ष अशोक कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशङ्कर द्विवेदी, ध्रुवसिंह ठकुरी, वीरगंज महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, जसपाका तवरेज अहमद, ओमप्रकाश सर्राफ र नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here