प्रस, वीरगंज, ७ चैत/
नेपाल पत्रकार महासङ्घ, पर्साको आसन्न निर्वाचनमा अनुप तिवारी प्रेस चौतारी नेपाल पर्साको तर्फबाट अध्यक्ष पदका उम्मेदवार घोषित भएका छन्।
शनिवार स्थानीय रोयल प्यालेसमा चौतारीको जिल्ला भेलाले अध्यक्ष पदमा तिवारीको नाम घोषणा गरेको हो।
चौतारी पर्सा एवं नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षता तथा प्रेस काउन्सिल नेपालका सदस्य एवं चौतारीका प्रदेश इन्चार्ज लालबाबू शेखको प्रमुख आतिथ्यमा भएको भेलामा नेपाल पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष केसी लामिछानेले नेपाल पत्रकार महासङ्घ पर्साको अध्यक्ष पदका लागि तिवारीको नाम घोषणा गरेका थिए। कार्यक्रममा पत्रकार महेश दास, महेश गौतम, गया यादव, सुदर्शनराज पाण्डे, विजय कुशवाहा, लक्ष्मी खरेल, डा. विश्वम्भर शर्मा, अच्युत पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा अनुप तिवारीले स्वागत र संजीव मिश्रले सहजीकरण गरेका थिए।
यस अघि नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको अध्यक्षमा नेपाल प्रेस युनियनले रितेश त्रिपाठी र प्रेस सङ्गठनले राघव साहलाई अध्यक्षको उम्मेदवार घोषणा गरिसकेको छ। महासङ्घको निर्वाचन यही चैत २५ गते बुधवारका दिन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here