प्रस, वीरगंज, ६ चैत/
प्रेस चौतारी नेपाल, पर्सा कार्यसमितिको बैठक सम्पन्न भएको छ। आवाज एफएममा भएको बैठकमा सहभागीहरूले नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनको सन्दर्भमा आआफ्नो सुझाव व्यक्त गरेका थिए।
चौतारी, पर्सा एवं नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको बैठकमा पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य महेश दास, पत्रकार महासङ्घ प्रदेशका उपाध्यक्ष केसी लामिछाने, प्रेस काउन्सिलका सदस्य एवं चौतारीका प्रदेश इन्चार्ज लालबाबू शेखले आसन्न पत्रकार महासङ्घको निर्वाचनमा चFैतारीका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने उद्घोष गरे। उनीहरूले पेशागत हकहितका लागि चौतारीका उम्मेदवारले पत्रकार महासङ्घमा निर्वाह गरेको भूमिकाको सराहना गर्दै आगामी दिनमा पनि सोहीअनुरूप उम्मेदवारहरूको चयन गर्ने र त्यसका लागि चैत ७ गते शनिवार भेला गरेर अध्यक्षको उम्मेदवार घोषणा गर्ने जानकारी गराए। बैठकमा प्रताप श्रेष्ठले पत्रकार आबद्ध संस्थाहरूसँग सहकार्य गर्ने कामलाई गति दिन सुझाव दिए। उनले वामपन्थी एकता बनाउनको लागि पनि यसअघिका सहकर्मीहरूसँग सल्लाह, सुझाव लिएर उनीहरूलाई समेटेर अगाडि बढ्न आग्रह गरे। बैठकमा आशिक अन्सारी, तिवारी यादवलगायतले सुझाव दिएका थिए। बैठकमा पत्रकार महासङ्घका पूर्वअध्यक्ष शत्रुघ्न नेपाल, वर्तमान उपाध्यक्ष अनुप तिवारी, सचिव युवराज खड्का, गया यादव, विजय कुशवाहालगायतको सहभागिता थियो।