प्रस, वीरगंज, ५ चैत/
बारा मालपोत कार्यालय सिमराका प्रमुख नायब सुब्बा घूससहित पक्राउ परेका छन्।
सेवाग्राहीसँग ६ लाख रुपैयाँ घूस लिइरहेको अवस्थामा नासु मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो।
सेवाग्राहीले खरीद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भनेर सर्जमिन मुचुल्का गरी सिफारिश पठाइ फुकुवा गर्ने प्रक्रिया मिलाइ फास्ट ट्र्याकबाट पास गराइदिने र उक्त काम गरिदिएबापत घूस मागेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। उनीहरूमाथि कानूनी कारबाहीका लागि प्रक्रिया बढाएको आयोगले जनाएको छ।