प्रस, वीरगंज, २९ फागुन/
बारा र पर्सामा शुक्रवार राति आएको हावाहुरीसहितको पानीले गहुँ र तरकारी खेतीमा क्षति पु–याएको छ। हावाहुरीसहित आएको पानीले गहुँबाली प्रभावित भएको किसानहरूले बताएका छन्। उनीहरूले भर्खर एक दिन बिराएर आएको हावाहुरी, असिनापानीले गहँुबाली ढलेको र उत्पादनमा कमी आउने बताए। बहुदरमाई नगरपालिकाका किसान धुपलाल साहले गहँुबालीमा हावाहुरीले क्षति पु–याएको र गहुँको बोट ढलेको कारण त्यसमा दाना नलाग्ने समस्या हुने बताए। गहुँको बोट हावाहुरीले भाँचिएपछि अब सुकेर नष्ट हुने चिन्ता लागेको किसान साहले बताए।
यसैगरी, हावाहुरीले बारा, पर्सामा दलहन बालीलाई समेत क्षति पु–याएको छ। हावाहुरीसहितको पानीले फूल फुलिरहेको दलहन बालीमा फूल झरेपछि क्षति भएको किसानहरूले बताएका छन्। बाराको कुल खेतीयोग्य जग्गा ६९ हजार ९ सय ६३ हेक्टरमध्ये यस वर्ष ११ हजार ६ सय ५३ हेक्टर क्षेत्रफलमा दलहन खेती गरिएको कृषि ज्ञान केन्द्रका प्राविधिक गेनालाल मण्डलले बताए। त्यसैगरी, हावाहुरीले तरकारी तथा फलफूल खेतीमा पनि क्षति पु–याएको किसानहरूले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here