– दिलीप गिरी

सरकारी जागीर खानको लागि बारम्बार दिएको लोकसेवा आयोगको परीक्षामा सफलता हात नमिलेपछि विकाश हैरान भइसकेको थियो। हुन पनि उसको एकमात्र सपना सरकारी जागीर खानु थियो। उसको गाउँमा प्रायः सबै घरका कम्तीमा एकजना सदस्य सरकारी जागीरे छन्। गाउँमा आप्mनो घरको इज्जत राख्नै भएपनि उसलाई सरकारी जागीरे हुनु थियो। त्यसका लागि उसले कम मेहनत नगरेको पनि होइन। उसको कोठा नै किताबहरूले भरिएको छ। तर कडा प्रतिस्पर्धाको बावजूद पनि उसको क्षमता सानै भयो।

एक दिन उसले अर्को गाउँको हर्केलाई भेट्यो, जो किरानापसल चलाउँछ र घरपरिवार राम्ररी चलाइरहेको छ। भेट भएपछि कुराकानीको क्रममा हर्केले भन्यो– “अब त पढाइ पनि भ्याउन लाग्यौ होला। अचेल के काम गर्दैछौ त ?” विकाशले मधुर स्वरमा भन्यो, “लोकसेवा आयोगको तयारी गर्दैछु।” फेरि हर्केले भन्यो, “पाँच वर्षअघि पनि यही कुरा भन्थ्यौ त। हैन तिमी तयारी मात्र गर्छौ कि जागीर पनि खान्छौ ?” त्यसपछि विकाशले बारम्बारको प्रयासमा पनि सफल हुन नसकेको र परिवारको इज्जत राख्नकै लागि भएपनि मेहनत गर्न नछोडेको कुरा बतायो। त्यसपछि हर्केले भन्यो– “मान्छौ भने तिमीलाई म एउटा उपाय बताउँछु।” उसले विकाशलाई शहरमा चियापसल खोल्ने उपाय बतायो साथै कर्जास्वरूप ५० हजार रुपैयाँ सहयोग गर्ने पनि बतायो। जिन्दगीमा पटक–पटक हरेश खाइसकेको विकाशले हर्केको त्यो विचार तुरुन्त मान्यो र दुई/चार दिनभित्रै उसले एउटा सानो चियापसल खोल्यो। बिस्तारै–बिस्तारै उसले दिनको १२–१५ सय रुपैयाँ आम्दानी गर्न थाल्यो। परिवारको जीवनशैली पनि बदलियो। उसको सोच बदलियो, विचार बदलियो। अब त ऊ लोकसेवाको अर्को किताब होइन अर्को पनि चियापसल खोल्ने विचारमा छ। आज ऊ गाउँको लागि प्रेरणाको स्रोत बनेको छ साथै जीवन गुजारा गर्नलाई सरकारी जागीर नै खानुपर्छ भन्ने उसको गाउँको नकारात्मक सोच पनि क्रमशः कम हुँदै गयो।
ओखलढुङ्गा–१२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here