पर्सा जिल्लामा रहेको वनक्षेत्र बर्सेनि कम हुँदैछ। तस्करहरूले वन मास्ने कार्यलाई निरन्तरता दिएको र वनको संरक्षणको जिम्मेवारी बोकेकाहरूबाट इमानदारिताका साथ कर्तव्य निर्वाह नहुँदा वनक्षेत्र बर्सेनि खुम्चिंदै छ। पर्सा जिल्लामा दैनिकजसो वन पँmडानी गरी गोलिया तस्करीको क्रममा तस्करहरू समातिन थालेका घटनाले पनि वन कतिको सुरक्षित छ भन्ने कुरा उजागर गर्छ। वनको सुरक्षा गर्ने काम वन कार्यालयको हो। पर्सामा राष्ट्रिय वनको सुरक्षा वन कार्यालयले र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको वनको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ। केही वर्षदेखि वन सुरक्षित बनाउनका लागि समुदायलाई पनि संलग्न गराइएको छ। वन उपभोक्ता समितिमार्र्पmत पनि वनको सुरक्षा हुँदैछ। समुदायको संलग्नता भएको खण्डमा वन मासिने क्रम कम हुन्छ भन्ने अवधारणाले वन उपभोक्ता समिति करीब दुई दशकअघिदेखि क्रियाशील छ। वन उपभोक्ता समितिको गठनपछि पनि आशाप्रदरूपमा वन मासिन क्रम कम भएको छैन।
लकडाउनमा त पर्सामा विद्यार्थीहरू नै वन मास्न सक्रिय देखिए। विद्यालय पोशाकमा साइकल बोकेर विद्यार्थीहरू जलावन र घरायसी प्रयोगका लागि वन मास्ने गरेका थिए। विद्यालय बन्द भएको र घरमा किचकिच नहोस् भनेर उनीहरू एकाबिहानै साइकल बोकेर वनमा पस्ने र साना, ठूला वृक्ष मास्ने गरेका थिए। यसो गर्नुको अर्थ उनीहरू जानाजान वन मास्न उद्त भएका भने होइनन्। लकडाउनमा दिनभरि घरबाहिर बसेर खेल्दा अभिभावकहरूले गाली गर्ने हुँदा उनीहरू वन पस्ने र घरायसी प्रयोगका लागि जलावन, वस्तुभाउका लागि घाँसपातको व्यवस्था गरेर अभिभावकहरूको मन जित्थे। अहिले अवस्था फेरिएको छ। विद्यालय सञ्चालनमा छन् र विद्यार्थीहरू वन पसेका छैनन्। यसो भन्दैमा पर्साको वन जोगिएको भने छैन। विद्यार्थीहरूबाट वृक्षरोपण गरिएका क्षेत्र प्रभावित भएको थियो। साना वृक्ष हुर्कनुअगावै मासिए। वृक्षरोपण गरिएको क्षेत्रमा तस्करहरूले रूख कटान गर्दा साना रूखहरू हुर्कन पाएनन्। जङ्गल क्षेत्रसँग जोडिएका बस्तीहरूबाट वन कहिले पनि सुरक्षित रहेन। बस्ती बढेपछि खेतीपातीका क्षेत्र बढने भएकोले वनक्षेत्र घटने नै भयो। वनक्षेत्र बढाउनका लागि योजनाबद्ध काम हुनुपर्छ। जुन यहाँ हुन सकेको छैन।
वन जोगाउने हो भने यससम्बन्धी कानूनमा पनि कडाइ गर्न जरुरी छ। वनसम्बन्धी पुराना कानून विद्यमान रहेकाले तस्करहरूले कमजोर कानूनको फाइदा उठाएर निर्धक्कले वन मास्ने गरेका छन्। विद्यमान कानूनबमोजिम कारबाही गर्न पनि वन कर्मचारीले इमानदारिता नदेखाउँदा तस्करहरूको मनोबल बढ्न गएकोले वन असुरक्षित भएको हो।
वन कार्यालयसँग पर्साको वनको नक्शा होला नै। बर्सेनि घट्दो वनक्षेत्रको तथ्याङ्क पनि होला। वन घट्नुको कारण पनि थाहा होला। वनक्षेत्र घट्न नदिने उपायहरू पनि होलान्। तर वनक्षेत्र यथावत् राख्ने वा वृद्धि गर्नेतर्फ पनि प्रयास गरिएको छैन। जसले गर्दा वनक्षेत्र साँघुरिंदै गएको छ, यसतर्फ सम्बन्धित पक्षले बेलैमा ध्यान दिन जरुरी देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here