प्रस, सेढवा, २६ फागुन/
जीराभवानी मन्दिर परिसरमा नवनिर्मित दुईवटा चौताराको बुधवार उद्घाटन भएको छ।
वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष उद्योगी–व्यवसायी गणेश लाठले रु ४ लाख खर्च गरेर मन्दिर परिसरमा पिता स्व बिहारीलाल लाठको सम्झनामा दुईवटा चौतारा निर्माण गराएका हुन्।स्व लाठकी पत्नी विद्यादेवी लाठले आज दुवै चौताराको उद्घाटन गरिन्।
उद्घाटन कार्यक्रममा सीतादेवी लाठ, थारू कल्याणकारिणी समिति पर्साका कावा अध्यक्ष ठाकुरप्रसाद महतो, सशस्त्र प्रहरी निरीक्षक केदार राईलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here