प्रस, निजगढ, २५ फागुन/
बाराको निजगढ नगरपालिका–९ बुद्धचोकनजीकैको एक घरभित्र एकजना युवकको मङ्गलवार बिहान धारिलो हतियार घाँटीमा प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
मृत्यु हुनेमा निजगढ नगरपालिका–९ बजारटोलका १९ वर्षीय रोहित शर्मा रहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। त्यस घटनामा संलग्न रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–४ का २९ वर्षीय अरुणकुमार साहलाई आज बिहान करीब ७ः४५ बजे नियन्त्रणमा लिएको बारा प्रहरीले बताएको छ।
पूर्व–पश्चिम राजमार्गको बुद्धचोकसँगै रहेको एक पक्की घरको माथिल्लो तलाको कोठामा रगताम्य अवस्थामा रोहित मृत फेला परेका हुन्। सोही घरको तल्लो तलामा कोठा भाडामा लिई होटल व्यवसाय गर्ने तिलकुमारी आले र सत्यमान थिङले आज बिहान करीब ४ः१५ बजे होटल खोल्न आएपछि सो घटना भएको जानकारी पाउनासाथ प्रहरीलाई खबर गरेका थिए। बिहान होटल खोल्न आउँदा माथि कोठाबाट चिच्याएको आवाज सुनेको र अरू आवाज पनि तलैसम्म सुनिने गरी आएपछि आपूmहरू ढोका खोलेर बाहिर निस्कँदा मुखमा मास्क लगाएको एक अपरिचित युवक हतार–हतार घरबाहिरको भ–याङबाट तल ओर्लिएको होटल सञ्चालक तिलकुमारी आले र सत्यमान थिङले बताए।ती व्यक्तिले घटना भएको घरअगाडि रोकिराखेको मोटरसाइकल डो–याएर अलि पर जाँदै गर्दा आपूmले समात्न खोज्दा ती युवकले ‘यो मोटरसाइकल मेरो हो’ भन्दै झर्केर बोलेपछि आपूm पछि हटेर होटलमा आई प्रहरीलाई फोन गर्न लाग्दा ती व्यक्ति भागेको थिङले बताए। जबरजस्ती समात्दा आपूmमाथि नै आइलाग्ने हुँदा म डराएँ, थिङले भने, उसले ज्यानै मारेको भन्ने कुरा त्यस बेला आपूmलाई थाहा नभएको तर प्रहरी आएपछि हेर्दा त्यस व्यक्तिले ज्यान पो मारेको रहेछ।
घटनाबारे खबर पाउनासाथ इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलिया, सशस्त्र प्रहरी सुरक्षा बेस निजगढका प्रहरी नायब उपरीक्षक एकराज बुर्लाकोटी केहीबेरमैं आएका थिए। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता गौतम मिश्रसहितको टोली घटनास्थल आइपुगेका थिए। घटनाबारे प्रहरीले तत्कालै प्रारम्भिक अनुुन्धान गरेपछि घटना घटेको चार घण्टा नबित्दै अभियुक्त साहलाई नियन्त्रणमा लिएको थियो।
रिसइबीका कारण आपूmले रोहितमाथि चक्कु प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष अभियुक्त साहले स्वीकारे गरेको प्रनाउ गौतम मिश्रले जानकारी दिए। घरपरिवारमा बेलाबखत झगडा भइरहे पनि ज्यानै मार्नेसम्मको घटना भएको भन्दै अभिभावक भोेगेश्वर शर्मा र लालेदेवी शर्माले रुँदै भने।
तीन/चार दिनअघि दाँतको उपचार गर्न आपूmहरू रौतहट चन्द्रनिगाहपुरको घरमा बसेको अभिभावक शर्माद्वयले प्रहरीलाई जानकारी दिए। मृतक रोहित उनीहरूका धर्मपुत्र रहेको प्रहरीले जनाएको छ।
कान्छा छोराको रूपमा रहेका धर्मपुत्र रोहित भने प्रायः अभिभावकसँगै र कहिलेकाहीं एक्लै निजगढको घरमा बस्थे। सालनालसहित पालनपोषण गरी धर्मपुत्र बनाएको भोेगेश्वर शर्माले रोहितको नागरिकतासमेत बनाइदिएका थिए। प्राप्त समाचार अनुसार अभियुक्त साहलाई प्रहरीले अदालतमा बुझाएपछि अदालतले पुर्पक्षको लागि ५ दिन थुनामा राख्न आदेश दिएको छ।
प्रहरीद्वारा घटनाका अभियुक्त सार्वजनिक
जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गर्दै हत्या अभियुक्त साहले धारिलो घरेलु हतियार चक्कु घाँटीमा प्रहार गरी रोहितको हत्या आपूmले गरेको अनुसन्धानका क्रममा स्वीकारेको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।
अभियुक्त साहलाई चन्द्रनिगाहपुरस्थित एक किरानापसलबाट घटना घटाएको चार घण्टाभित्रै पक्राउ गरिएको प्रउ शाहीले बताए।
प्रहरीसमक्ष अभियुक्त साहले मृतक रोहित र आपूmबीच लागूऔषध सेवन गर्ने क्रममा विवाद भइ रहने, आपूmलाई अपमानित गर्ने, पेस्तोलले मारिदिने जस्ता धम्की दिने गरेकाले आपूmले रोहितको हत्या गरेको स्वीकारेको प्रउ शाहीले बताए।
साहको दाहिने हत्केलामा काटिएको आलो घाउ, घटना घटाउँदा प्रयोग गरिएको ज्याकेट, पाइन्ट चन्द्रनिगाहपुरस्थित निजकै घरमा हत्यामा प्रयोग गरिएको चक्कु र अभियुक्त साहले चढेर आएको ना.१३प ७२१२ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको सो पत्रकार सम्मेलनमा जनाइएको छ।
उक्त मोटरसाइकल मृतकका दाजु रौतहट चन्द्रनिगाहपुर बस्ने राजकुमार शर्माको रहेको र सो मोटरसाइकल तीन महीनादेखि अभियुक्त साहलाई चढ्न दिएको खुलेको फोन सम्पर्कमा प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए।