वीरगंजको ट्राफिक व्यवस्थापनमा सुधार गरिंदै

0

प्रस, वीरगंज, २५ फागुन/
वीरगंजको ट्राफिक व्यवस्थापनमा अहिले क्रमशः सुधार हुँदै गएको छ। करीब तीन महीनादेखि ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको सक्रियतामा प्रहरी, नगरप्रमुख, विभिन्न सामुदायिक संस्थाहरू सहभागी भएर वीरगंजको भद्रगोल ट्राफिक व्यवस्थापनमा केही सुधार ल्याएका छन्।
अलखियामठदेखि पावरहाउससम्मको क्षेत्रमा अहिले सडक, पूmटपाथ अतिक्रमण क्षेत्र हटाइएको छ। यसैगरी, घण्टाघरमा ट्राफिक जाम हुँदै आएकोमा त्यहाँ दैनिक दुईजना ट्राफिक प्रहरी खटाएर सवारीसाधनलाई सहज आवतजावत बनाइएको छ। टेलिकम वीरगंज शाखाको पूर्वबाट माईस्थान गहवामाई जाने सडकमा लगाइने जथाभावी तरकारी पसल र अन्य पसललाई हटाएर त्यहाँ आवागमन सहज बनाइएको छ।यसैगरी, गहवामाई क्ष्Fेत्रमा जथाभावी सवारी पार्किङ र खाद्यान्नका ठेलाका साथै पूmटपाथसमेत अतिक्रमण गरी हुने व्यवसायहरू हटाएर त्यहाँको सडक पूmटपाथलाई व्यवस्थित गरिएको छ। दैनिक भीड हुने सो क्षेत्रमा ट्राफिक सुधारका कारण सवारीसाधन आवागमन र मन्दिर दर्शन गर्न आउनेहरूलाई सहज भएको छ।
यसैगरी, विपी उद्यानमा पर्खाल घेरिएको क्षेत्रबाहिर हुने व्यापार, व्यवसायलाई पनि त्यहाँ हटाएर खाली गराइएको छ। सो क्षेत्रमा दैनिक हुने ट्राफिक जामको समस्या अहिले टरेको छ। सोही क्षेत्रमा रात्रिबस सेवा सञ्चालन हुँदै आएकोमा अहिले त्यहाँ रात्रिबस ल्याउन बन्देज गरिएको छ र सबै बसलाई वीरगंज बसपार्कबाट सञ्चालन गर्न लगाइएको छ। रात्रिबसले सो क्षेत्रमा राति ८ देखि ९ बजेसम्म दैनिक भीड हुने गरेको थियो। अहिले यो समयमा पनि त्यहाँको सडकमा भीड कम भएको छ।
आदर्शनगर, माईस्थान मन्दिर अगाडि लाग्ने ठेला व्यवसायलाई अहिले गीता मन्दिरअगाडि खाली ठाउँमा सारिएको छ, जसले गर्दा सो क्षेत्रमा हुने ट्राफिक समस्याको निराकरण भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, नगरप्रहरी, सामुदायिक सेवा केन्द्रहरू र व्यवस्थित वीरगंज अभियानलगायत संस्थाले ट्राफिक व्यवस्थापनमा सक्रियता देखाएकाले वीरगंजको ट्राफिकमा अहिले केही सुधार देखिएको हो।
पार्किङ समस्या यथावत्
ट्राफिक व्यवस्थापनमा अहिले सुधार आए पनि पार्किड्ढो समुचित व्यवस्था नहुँदा केही ठाउँमा अहिले पनि सुधार भएको छैन। अलखियामठदेखि अस्पतालसम्मको क्षेत्रमा सडक पूmटपाथमा जथाभावी पार्किङ भइरहेको छ। मालपोतअगाडि रहेको सशुल्क पार्किङ र एएमसीअगाडि रहेको सशुल्क पार्किङसमेतमा सवारीसाधनहरू अटाउन नसक्ने स्थिति भएकाले सो क्ष्Fेत्रको सडक पूmटपाथमा जथाभावी भद्रगोल तरीकाबाट मोटरसाइकल, साइकल, कार पार्किङ गरिएको देख्न पाइन्छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक सुमन कार्कीले भएको जनशक्ति र प्रहरीको विशेष सहयोग तथा विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा पहिलेको अवस्थामा केही सुधार आएको बताए। उनले अहिले पनि पार्किड्ढो समस्या भएको र वैकल्पिक व्यवस्थाबारे छलफल हुने गरेको बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here