प्रस, सेढवा, २३ फागुन/
जीराभवानी मन्दिरमा प्रत्येक वर्ष लाग्ने महाशिवरात्रि मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।
फागुन २७ गते महाशिवरात्रिको दिनदेखि १० दिनसम्म लाग्ने मेलाको लागि जग्गा वितरण शुरू भएको छ। मेलामा भारत र नेपालका सयौं पसल, स्टलहरू लाग्ने गरेको छ। गत वर्ष फागुनमा परेको कारण जीराभवानी मेला कोरोनाको कारण प्रभावित भएन भने यस वर्ष पनि लाग्ने तयारी भइरहेको छ। मेलाको लागि विभिन्न खेल तमाशा देखाइने हुँदा सोको सेड निर्माण पनि भइरहेको छ। महाशिवरात्रि मेला जीराभवानी गापा–१ महादेवपट्टी र वडा नं. २ को सेढवाको दोसाँधमा लाग्ने गरेको छ।
मन्दिर आसपास पर्ने पिपडारी, परसवा, जीतपुर, नौकाटोला, सहजानपुर, हरैया, वसन्तपुर, काठमाडौंटोल, शान्तिनगर, भवानीपुर, सेढवा, जगतिया, पकडीटोला र महादेवपट्टीका मानिसहरू मेलाको तयारीम जुटेका छन्। मेला भर्नको लागि पर्सा, बारा, चितवन र भारतको बिहारबाट पनि मानिसहरू आउँछन्। गाउँलेहरू पनि मेलामा आउने पाहुनाहरूको बसोबास र खानपिनको व्यवस्थापनमा सक्रिय भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here