प्रस, कलैया, २२ फागुन/
नेपाल राष्ट्र बैंकले अहिले क्युआर कोडमार्फत हुने भुक्तानीलाई अभियानकै रूपमा अघि बढाएको सन्दर्भमा माछापुच्छ«े बैंक, कलैया शाखाले बारा, कलैयास्थित तरकारी तथा फलफूल बजारका ४५ जना व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरेको छ।
नेपाल राष्ट्र बैंक, वीरगंज कार्यालयका निर्देशक डा राजनकृष्ण पन्तको प्रमुख आतिथ्यमा सम्पन्न क्युआर कोड हस्तान्तरण कार्यक्रममा निर्देशक पन्त, कलैया उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष प्रदीप साहलगायतले बजारमा सामान खरीद गरी क्युआर कोडमार्फत भुक्तानी गरेका थिए।निर्देशक डा पन्तले नेराबैंकको प्रमुख उद्देश्य स्वस्थ, सुरक्षित र सक्षम भुक्तानी प्रणालीको विकास गर्नुरहेको बताए। उनले यस सन्दर्भमा क्युआर कोड भुक्तानी प्रणाली सुरक्षित, भरपर्दो र विश्वासिलो बनाउन नेराबैंकले क्युआर कोड स्ट्यान्डराइजेशन पे्रmमवर्क र गाइडलाइन पनि जारी गरेको तथा दैनिक विद्युतीय कारोबारको सीमासमेत दोब्बर गरेको बताए। उनले नयाँ नोट छपाइ एवं ढुवानी गर्दा ठूलो धनराशि खर्च हुने भएकोले क्युआर कोड भुक्तानी सेवामार्फत राज्यको खर्च घटाउन सहयोग पुग्नुका साथै ग्राहक एवं खुद्रा पसले दुवैलाई फाइदा हुने दाबी गरे।
उनले निकट भविष्यमा प्रत्येक तरकारी तथा फलफूल बजार तथा साना–ठूला सबै पसलमा क्युआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गर्ने योजना रहेको बताए।
कार्यक्रममा माछापुच्छ«े बैंक प्रदेश २ का प्रादेशिक प्रबन्धक डिल्लीराम गिरी, नेपाल राष्ट्र बैंक, वीरगंजका सहायक निर्देशक अमिस शर्मा, कलैया तरकारी बजारका अध्यक्ष दीपलाल साहलगायतको सहभागिता थियो।