प्रस, परवानीपुर, २२ फागुन/
भोजभगत माविको नयाँ भवनको उद्घाटन भएको छ।
बारा जिल्ला परवानीपुर गाउँपालिका–३ लिपनीस्थित भोजभगत माविमा नवनिर्मित भवनको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले उद्घाटन गरेका हुन्। वीरगंज–पथलैया ६ लेन सडक विस्तारको क्रममा सो विद्यालयको पुरानो भवन भत्काइएकोले नयाँ भवन निर्माण गरिएको हो।२०६४ सालपछि ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको विज्ञान भवनलाई नै विद्यालयको मुख्य भवनको रूपमा सञ्चालन गर्न शुभारम्भ गरिएको छ। करीब एक बिघा क्षेत्रफलमा निर्माण गरिएको विद्यालय भवनको उद्घाटन समारोहमा बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाही, प्रसौनी गापाका अध्यक्ष भोला गुप्ता, परवानीपुर गापाका अध्यक्ष हरिनारायण साह, वडाध्यक्षहरूलगायतको सहभागिता थियो।
सो विद्यालयको पुरानो भवनमा प्लस २ सम्मको अध्ययन हुन्थ्यो भने नयाँ भवनमा कक्षा १० सम्म मात्र पठनपाठन गराइने विद्यालयका प्रधानाध्यापक चनरदेव कुशवाहाले बताए। उद्घाटन समारोहमा विद्यालयको लागि जग्गादान गर्ने स्व भोजभगतकी पत्नी स्व अनुपी देवीको सालिकको पनि अनावरण मन्त्री सोनलले गरेको उनका स्वकीय सचिव रमेश सर्राफले बताए।