प्रस, वीरगंज, २२ फागुन/
ज्ञानदा एकेडेमीले अभिभावकहरूलाई लक्षित गरेर शैक्षिक कार्यशाला गोष्ठी आयोजना गरेको छ।
सो अवसरमा विद्यालयका प्रअ डा सिबी जदलीले अभिभावकहरूबाट बालबालिकाहरूले अनुसरण गर्ने हुनाले अभिभावक जागरूक हुनुपर्ने सुझाव दिए। उनले कुनै पनि क्रियाकलाप गर्दा बच्चाहरूमा असर पर्ने काम नगर्न अभिभावकहरूलाई सुझाए। बालबालिकाहरूको अगाडि हुने क्रियाकलापहरूको उनीहरूले सिको गर्ने हुनाले अभिभावहरूले यसबारेमा विशेष सजगता अपनाउनुपर्ने उनको सुझाव थियो।२१औं शताब्दीमा बालबालिकाहरूको मनःस्थिति बुझेर अभिभावकले महत्वपूर्ण कदम चाल्नुपर्ने प्रअ डा जदलीले बताए।
कार्यक्रममा श्रब्यदृश्यमार्फत् पनि अभिभावकहरूलाई बालबालिकाहरूको आत्मविश्वास बढाउने उपायहरूको बारेमा जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले आआफ्ना जिज्ञासा राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here