प्रस, परवानीपुर, २२ फागुन/
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजमा एकीकृत सेवा उपलब्ध गराउने कक्षको उद्घाटन भएको छ। नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोजुकमार सिंहले शनिवार कक्षको शुभारम्भ गरेका थिए।
प्राधिकरणमा सेवाग्राहीलाई महसूल बुझाउने कार्यबाहेक सबै प्रकारका सेवा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले स्मार्ट सिस्टमयुक्त सोधपूछ तथा एकीकृत कक्ष सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। प्रादेशिक प्रमुख साहले देशका विभिन्न वितरण केन्द्रमा सेवाग्राहीलाई कम समयमा चुस्तदुरुस्त र पारदर्शी सेवा दिने लक्ष्य रहेको र सोको फलस्वरूप वीरगंजमा कक्ष शुरू गरिएको बताए। उनले कुनै प्रकारको सेवाबारे जानकारी, मिटर लिने, मिटर परिवर्तन, नामसारी, ठाउँसारीलगायतका सबै काम अब एउटै कोठाबाट हुने बताए। कुनै फाइल अरू शाखामा लैजानुप–यो भने सो काम वितरण केन्द्रका कर्मचारीहरूले गर्ने बताए।
सो कक्षमा अन्य सेवाको राजस्व पनि लिइने वितरण केन्द्र वीरगंजका प्रमुख शम्भु कुसियत रायले बताए। कार्यक्रममा केन्द्रका लेखा प्रमुख राजेशकुमार झा, प्रशासन प्रमुख कृष्णप्रसाद पन्तलगायत प्राधिकरणका कर्मचारीहरू सहभागी थिए।