प्रस, पर्सागढी, २० फागुन/
आगलागीबाट मृत्यु भएकी रिङ्की देवीको परिवारलाई प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले खाद्यान्न सहयोग गरेका छन्। १२औं दिनको पुण्यतिथिमा रिङ्की देवीका पति राजेश कुमारलाई २ बोरा चामल, २ बोरा च्युरा, १/१ बोरा दाल, चिनी, नून र १५ लिटर तेल प्रदेशसभा सदस्य तेलीले सहयोग गरेका हुन्। सो अवसरमा मदनप्रसाद यादव, सरजुग महतो, वकील अन्सारी, रुदल अन्सारी, प्रकाश ठाकुरलगायतको सहभागिता थियो। मुसौली टोलकी रिङ्की देवी आगलागीबाट घाइते भएपछि उनको उपचार वीरगंज, काठमाडौं र पटनामा गराइएको र पछि वीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।