प्रस, वीरगंज, २० फागुन/
वीरगंजमा प्रस्तावित चलचित्र पत्रकार सङ्घ पर्सा गठन गरिएको छ। बिहीवार भएको भेलाले नीलिमा पौडेलको अध्यक्ष्Fतामा प्रस्तावित चलचित्र पत्रकार सङ्घ गठन गरेको हो।
नवगठित सङ्घमा विवेक कर्ण उपाध्यक्ष्F, सूर्य विक सचिव, प्रणय साह सहसचिव, समिना रञ्जीतकार कोषाध्यक्ष्F र सदस्यहरूमा रश्मि राजभण्डारी, सोनम गौतम, जया साह, रञ्जीत यादव, एन्जल चौधरी, शम्भु सुमन छन्।
केन्द्रीय महासचिव समीर बलामीको उपस्थितिमा १०औं शाखाको रूपमा प्रस्तावित चलचित्र पत्रकार सङ्घ पर्सा गठन भएको हो। कार्यक्रमका प्रमुख अतिथि चलचित्र पत्रकार सङ्घका महासचिव बलामीले वीरगंजमा नेपाली चलचित्रको बजार न्यून रहेको बताए। उनले नवगठित समितिले नेपाली चलचित्रको बजार वीरगंजमा बढाउन सघाउने विश्वास व्यक्त गरे। आर्थिक एवं व्यापारिक नगरी वीरगंजमा चलचित्र बजारको सम्भावना भएपनि राज्यबाट उपेक्षा गरिएको आरोप लगाए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष्F अनुप तिवारी, होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्त, प्रेस सङ्गठनका अध्यक्ष नीरज पिठाकोठे मगरलगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा स्वागत नवराज फुयाँलले गरेका थिए।