प्रस, वीरगंज, २० फागुन/
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले बिहीवार हरिवनको सर्लाही बजारको अनुगमन गर्ने क्रममा चारवटा पसललाई १ लाख ७० हजार रुपैयाँ जरिवाना तिराएको छ।
निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय हरिवन, इलाका प्रशासन कार्यालय हरिवन, हरिवन नगरपालिका, नगर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू सहभागी भएको टोलीले मूल्यसूची नराख्ने चारवटा पसललाई जरिवाना गरेको हो। हरिवन–९ स्थित मोहन किरानापसल, न्यू दीपक वस्त्रालय र सुयोग टे«डर्सलाई ५०/५० हजार र निशा हार्डवेयरलाई उपभोक्ता संरक्षण ऐन बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलीपखङ्ग खत्वेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here