प्रस, वीरगंज, १८ फागुन/
युके एड र स्ट्रीट चाइल्ड नेपालको आर्थिक सहयोगमा आसमान नेपाल र जवात संस्थाले पर्सा, बारामा स्वच्छता तथा महीनावारी स्वच्छता सामग्रीसहित राहत वितरण गरेको आसमान नेपालका इमर्जेन्सी रेस्पोन्स अफिसर धर्मेन्द्र चौरसियाले बताए।
पर्सा, बारा, रौतहट र सर्लाही गरी प्रदेश २ का चार जिल्लामा तत्वा, मुसहर, डोम समुदायका मानिसहरूलाई लकडाउनपछि सो सामग्री उपलब्ध गराउने नीतिअनुरूप पर्सा र बारामा सामग्री वितरण गरिएको हो। रौतहट र सर्लाहीमा कार्यक्रम जारी रहेको अफिसर चौरसियाले बताए। पर्सा जिल्लाका पकाहामैनपुर, कालिकामाई गाउँपालिका र पर्सागढी तथा पोखरिया नगरपालिकामा ७ सय २२ जनालाई स्वास्थ्य स्वच्छता तथा महीनावारी सामग्री वितरण गरिएको थियो भने ५ सयजनालाई राहत सामग्री वितरण गरिएको थियो। २५ किलो चामल, ५ किलो दाल, ३ किलो नून, ३ लिटर तेल र २ किलो चना राहतमा वितरण गरिएको अफिसर चौरसियाले बताए। लकडाउनमा दैनिक ज्यालादारी गरेर कमाउने यो समुदाय रोजगारविहीन भएको र उनीहरूलाई खानसमेत समस्या भएकोले उनीहरूको स्वास्थ्यसमेतलाई ध्यानमा राखेर स्वास्थ्य स्वच्छता सामग्री र राहत वितरण गरिएको अफिसर चौरसियाले बताए।
बारा जिल्लाका प्रसौनी, आदर्शकोतवाल, फेटा, सुवर्ण, पचरौता, देवताल र विश्रामपुर गाउँपालिकालगायत ६ स्थानमा कार्यक्रम सञ्चालन भएको थियो र त्यहाँ ५५४ जनालाई स्वच्छता सामग्री र ४ सय ४१ जनालाई राहत सामग्री वितरण गरिएको अफिसर चौरसियाले बताए।
रौतहटको राजदेवी नगरपालिका, दुर्गाभगवती, यमुनामाई गाउँपालिकामा ५७५ र सर्लाहीको हरिपुर, लालबन्दी, हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा ६०२ जनालाई स्वास्थ्य तथा महीनावारी स्वच्छता सामग्री वितरण गरिएको थियो भने राहत वितरण कार्य जारी रहेको कार्यक्रम संयोजक जमुना श्रेष्ठले बताइन्। उनले सामग्री वितरण कार्यक्रम सामाजिक दूरी कायम गरेर गरिएको र सो क्रममा स्वास्थ्य सामग्री तथा राहत नपाएकाहरूको गुनासो पनि सङ्कलन गरिएको बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here