प्रस, निजगढ, १७ फागुन/
सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सोमवार निजगढमा सम्पन्न भयो। राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त कमला ओली थापाले सूचनाको हक जनताले जान्नै पर्ने बताउँदै यसले पारदर्शिता बढाउने बताइन्। स्थानीय तह, विभिन्न सङ्घसंस्था, राजनीतिक दलहरूले गरेका गतिविधि, क्रियाकलाप पनि प्रत्येक तीन/तीन महीनामा सार्वजनिक गर्नुपर्ने बताउँदै सूचना माग गर्ने र सूचना आयोगले तोके अनुसारका क्रियाकलाप गर्नेहरूलाई सम्मान गर्दै आइरहेको जानकारी दिइन्। सूचना माग्दा मात्रै दिनुपर्ने नभई अद्यावधिक गर्दै जानुपर्ने जसले गर्दा नागरिकहरूलाई आवश्यक पर्दा कुनै न कुनै रूपमा जान्न बुझ््न पाउनुपर्ने अधिकारभित्र पर्ने सूचना आयुक्त कमला ओली थापाले बताइन्। सूचनाको हक प्रयोग गर सूचना कसरी माग्ने, कस्ता खाले सूचना माग्ने, सूचनानदिए वा नदिने कर्मचारीहरूलाई कस्ता कारबाही हुन्छ भन्ने विषयमा समेत उनले जानकारी दिएकी थिइन्।
कार्यक्रमका प्रमुअ अतिथि एवं निजगढ नगरप्रमुख सुरेशकुमार खनालले गरेका थिए। सूचनाको हक भन्न जति सजिलो छ। त्यसलाई कार्यावन्यन गर्न त्यत्ति नै कठिनाइ रहेको नगरप्रमुख खनालले भन्दै सूचनाका हकबारे नगरवासीलाई कोही कसैलाई पनि वञ्चित नगर्ने उनले बताए।
निजगढमा भएको यस कार्यक्रमबाट सहभागीहरूले सूचनालाई कसरी पारदर्शी बनाउने, सूचना कसरी माग्ने भन्ने कुराको जानकारी पाउनेमा आफू आशावादी रहेको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले मन्तव्य राखे। कार्यक्रममा आयोगका उपसचिव कपिलप्रसाद उपाध्याय, शाखा अधिकृत हरिहर कार्की र आयुक्त थापाले सुचनाको हकको बारे कार्य पत्र पेश गरेका थिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक, कर्मचारी, सञ्चारकमीलगायतको सहभागिता थियो। राष्ट्रिय सैचना आयोगको आयोजनामा निजगढ नपाको सभाहलमा भएको सो अन्र्तक्रिया कार्यक्रम राष्ट्रिय सुचना आयोगका शाखा अ. डिल्लीराम भटले सञ्चालन गरेका थिए।