१६ गते प्रतीकको लेख ‘भगवान् भावको अधीनमा छन्’ पढें। के हो यस भाव र भावको अधीनताको मतलब ? अब यसको वैज्ञानिक व्याख्या पनि प्रस्तुत नगरी आधुनिक मानिस यसमा विश्वास गर्न तयार छैनन्। आधुनिक समाज डार्बिनको जीव निर्माण र जीवको विकासवादमा विश्वास गर्छ तर भगवान्ले बनाएको कुरामा विश्वास गर्दैनन्। उनीहरूलाई यो पनि थाहा हुनुपर्छ कि डार्बिनको सिद्धान्त अनुसार जीवको निर्माण वैज्ञानिकहरूले गर्नमा असफल रहे। विकासवाद सही हुनु कुनै आश्चर्यको कुरा होइन। यो त मैले लेखिरहेको अक्षरलाई सुधार गर्दै सुन्दर बनाउने सरह हो। प्रकृतिले त्यसलाई सुन्दर बनाउँदै लग्यो। हाम्रो समाज अध्यात्मले यसरी सराबोर छ कि चाहेर पनि कोही यसबाट टाढा जान सक्दैन। हावा भगवान् हो, माटोे, नदी भगवान् हुन्, कणकण भगवान् हुन्। यो कुरा मुस्लिमहरूले बुझ्दैनन्, जसको एउटा भगवान् र एउटा मात्र शैतान हुन्छ। भगवान्ले बनाउने र शैतानले बिगार्ने। हामीमा बनाउने र बिगार्ने सबै भगवान् नै हुन्छन्। असलको बनाउने र खराबको बिगार्ने। तब प्रश्न उठ्छ कि घडामा भरिएको हावा वा आकाशमा भरिएको हावा कृष्ण कसरी बन्छ ? रामको रूप कौशल्याको अगाडि कसरी प्रकट हुन्छ ? कसरी कर्माबाईको काखमा कृष्ण बनेर खिचडी खान्छ ? कसरी मीराको अगाडि कृष्ण बनेर मुरली बजाउन थाल्छ ? भावको वैज्ञानिक व्याख्या यहीं आएर सत्य हुन्छ। भगवान्को प्राप्तिपछि केही प्राप्ति बाँकी रहँदैन। बाँकी रहन्छ उनको आफ्नै भावको प्राप्ति। कोही वात्सल्य भावको भोको हुन्छ, कोही पति भावको। कोही सखा भावको, कोही के त कोही के। अतः भगवान्को प्राप्ति त भयो भावलाई के गर्ने ? जब त्यही भाव घनीभूत भएर चरममा पुग्छ, तब उनको भित्र निर्मित छवि नै प्रकट भएर आउँछ। त्यसैले मीराको घनीभूत भावमा कृष्ण नै प्रकट हुन्छ, राम होइन।
रामको छवि निर्मित नै छैन, मीराको भित्र। ईसा मसीहलाई पनि देख्न सक्दिनन् उनी। कौशल्याको भित्र रामको छवि निर्मित भएको छ। अतः कौशल्याले चाहेर पनि कृष्णको छवि हेर्न सक्दिनन्। यसको तुलना तपाईं हामीले देख्ने सपनासँग गर्न सकिन्छ। सपना त्यहीं हुन्छ, जसको हामीले प्रत्यक्ष जगत्मा कामना गरेका हुन्छौं। यस सपनाको कृष्ण र मीराको कृष्णमा केही भिन्नता छैन। भिन्नता यतिमात्र छ कि सपनाको कृष्ण क्षणिक हुन्छ र मीराको स्थायी। पहिलो, हामीमा कुनै पनि परिवर्तन नभएको अवस्था हो अर्थात् त्यसले हामीमा केही परिवर्तन ल्याउन सक्दैन। दोस्रो, मीराको पूर्ण परिवर्तित भइसकेपछिको अवस्था हो। मीरा अब साधारण सपना देख्ने स्त्री होइनन्, अर्कै भइसकेकी छन्। साधारण स्त्री रोज सपना देख्छिन् तर व्यक्तित्व साधारणको साधारण नै छ। तर मीरा अद्भुतरूपमा बदलिसकेकी हुन्छिन्। उनी अब विषयलाई पनि पचाउन सक्छिन्। भगवान् भावको वशमा भएको वैज्ञानिक व्याख्या यही हो।
अतः भगवान् भावको अधीन नहुने कुरै आउँदैन। अब रह्यो हाम्रो कुरा। हामी केवल साधारण रहन चाहन्छौं कि घनीभूत ? घनीभूत भएर परिवर्तन हुन्छ, साधारण रहेर सधैं सपना हेर्छौं बित्थामा। यहाँ एउटा कुरा ध्यान दिनुपर्ने यो पनि छ कि हामी यदि सधैं भगवान्को सपना हेर्न सक्यौंं भने त्यसले पनि हामीलाई घनीभूततिर लग्न सक्छ, परिवर्तनतिर डो–याउन सक्छ। सधैं भगवान्को सपना पनि कसैले हेर्न सक्दैन। मनमा भगवानको कामना भएमात्र कहिलेकाहीं देख्न सक्छ।
डा शिवशङ्कर यादव, छपकैया, वीरगंज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here