राजेश केशरीवाल, रक्सौल, १५ फागुन/
वीरगंज निवासी पङ्कज अग्रवाल आपत्विपत्को बेला रक्तदान गर्नेमा अग्रपङ्तिमा छन्। उनी अप्ठ्यारो परेको बेला दाताहरूबाट रगत उपलब्ध गराएर पनि मानिसको ज्यान बचाउँछन्। उनले शनिवार भारत बिहार घोडसहन निवासी अरविन्द साहकी पत्नीको ज्यान बचाउन रक्तदान गरे।
आपत्कालीन अवस्थामा अरविन्दले आफ्नी पत्नीलाई डङ्कन अस्पतालको आइसियूमा भर्ना गरेका थिए। उनलाई तत्काल रगत चाहिएको थियो। रक्सौलमा रगत उपलब्ध थिएन।
सो क्रममा ‘रामेश्वरलाल गोविन्दप्रसाद मस्करा ट्रस्ट’का रवि मस्कराले वीरगंज निवासी पङ्कज अग्रवाललाई सम्पर्क गरे। त्यसपछि पङ्कज अग्रवाल डङ्कन अस्पताल गई रक्तदान गरेका थिए।
रक्सौलस्थित ट्रस्टका निर्देशक मस्कराले भने, “हाम्रो ट्रस्टका धेरै सदस्य वीरगंज नेपालका छन्। उनीहरूले रक्तदान गरेर मानवीय सेवामा महान् भूमिका निर्वाह गरिरहेका छन्। सबै युवा साथीहरूले पनि रक्तदान गर्नुपर्छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here