मुकुन्द आचार्य
हाम्रो देशमा अनेकथरीका जात्राहरू भइरहन्छन्। सित्तैमा जात्रा हेर्न पाउने हामी नेपाली कति भाग्यमानी छौं भनेर साध्य छैन। कहिले रथजात्रा, कहिले गाईजात्रा, कहिले घोडेजात्रा, कहिले नारा जुलुसको जात्रा आदि इत्यादि १ राजनीतिक समर्थन र विरोधका जात्राहरू छँदैछन्।
प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिच्दै गरिएको सदन विघटनलाई सर्वोच्चले लत्याएपछि देशमा जात्राहरू पुनः शुरू भएका छन्। अब फेरि नयाँ सरकार बन्ने सुरसार हुन थाल्यो।
तसर्थ सरकार भएर सरकारी तबेलामा बाँधिन, घुम्ने मेचमा अन्धो भएर बस्न नेता–नेत्री भनाउँदा घोडाहरूको घोडदौड कार्यक्रम शुरू भॉको छ। कसैलाई मन्त्रीज्यू बन्नु छ, कसैलाई मन्त्राणी बन्नु छ, कसैलाई सचिव बन्नु छ, कसैले प्रमुख जिल्ला अधिकारीको कुर्सी ताकेको छ। अर्थात् घोडेजात्रामा सहभागी भएर पुरस्कृत हुनलाई घोडाघोडीहरू हिं…हिं…हिं…को हँसिलो नाद गर्दै दगुरिरहेका छन्– राजधानीको चउरमा चर्न।
अझ रमाइलो त के छ भने यस घोडेजात्रामा सहभागी हुन आउने सबै घोडाघोडीसँगै नयाँ–नयाँ उमेरका युवायुवती, घोडाघोडी पनि ठूलै सङ्ख्यामा राजधानी भित्रिंदै छन्। राजधानी अहिले घोडामय नै बन्न पुगेको छ। राजधानी ठूलो तबेला बनेको छ, हाललाई १
घोडाको रेसमा कुन चैं घोडाले जित्छ, त्यो भन्न निकै गा–हो हुन्छ। तैपनि अनुमानको भरमा यसै समस्यालाई जुवा खेल्ने मेलोमेसो पनि मिलाउँछन्। यी असल सकारात्मक सोच भएका आत्माहरू हुन्। हरेक घटना, हरेक परिस्थिति र हरेक कुराबाट शुभ–लाभ गर्न सक्ने अचम्मको अन्तज्र्ञान यिनीहरूको मगजमा हुन्छ।
फेरि हामी नेपाली मेला–ठेलामा, जात्रा–यात्रामा निकै चाख लिएर भाग लिन्छौं। त्यसैले त काठमाडौं उपत्यकामा गाईजात्रा, घोडेजात्रा, भोटो देखाउने जात्रा भनेर उपत्यकाव्यापी बिदा दिने प्रचलन धेरैअघिदेखि चलिआएको छ। जीवनलाई रमाइलो बनाउने बहाना हो।
घोडा र गदहाको अनैतिक सम्बन्धबाट जन्मेको यौटा प्रजाति हुन्छ– घोडगदहा १ यो घोडाभन्दा सबै दृष्टिले सानो हुन्छ तर घोडाले गर्न नसक्ने कतिपय कठिन कार्यलाई यस घोडगदहाले सजिलैसित गरिदिन्छ। स्मरण रहोस्स काम बढी घोडगदहाले गर्छ तर माम बढी घोडाले खान्छ।
यस्तो राजनीतिक घोडेजात्रा नेपालजस्तो फुच्चे, पछौटे, गरीब देशमा मात्र हुन्छ भन्ने भ्रम नपाल्दा राम्रो हुन्छ। अमेरिकाजस्तो बाहुबली देशको चालामाला जनवरी ६ तारिखमा विश्वले हे–यो। मानव अधिकारको निहुँमा दानव बनेर ताण्डव गर्न पाइने सजिलो व्यवस्था हो प्रजातन्त्र। कानून फितलो हुन्छ, मान्छे चैं बन्दुक बोकेर हिंड्छ। प्रजातन्त्रलाई गोली हान्न खोज्दै।
पश्चिमा देशका नेता कति भलादमी हुन्छन्। अलिकति तलमाथि क्यै पर्नासाथ गोजीबाट त्यागपत्र दिएर शानले हिंड्छन्। तर डोनाल्ड ट्रम्प चैं यस नियमको अपवादमा पर्छन्। हारेर पनि हार नमान्ने १ यस्तो बानी चैं घोडाको हुँदैन, घोडगदहाको हुन सक्छ।
त्यसैले त भगवान् नारायणले पनि ह्यग्रीव अवतार लिनुपरेको थियो भन्छन्। शरीर मान्छेको तर शिर चैं घोडाको थियो। घोडाको शिरले पनि उपदेश दियो। भगवान्को चर्तिकला १
आधुनिक विज्ञानले कुनै यन्त्रको शक्तिमापन गर्दा हर्सपावर शब्दको प्रयोग गर्ने गर्छ। हात्ती घोडाभन्दा धेरै ठूलो र शक्तिशाली हुन्छ। तर घोडाझैं फुर्तिलो हुँदैन। त्यसैले एलिफेन्ट पावर भनिएनस हर्सपावर भनियो।
घोडाले जतिखेर कुर्सी पाउँछ, ऊ झन् बढी पावरफुल देखिन्छ। घोडाले पछिल्तिरबाट लात हानेपछि ठूलठूला मैं हुँ भन्ने पनि रगत छादेर मर्छन्। भुतुक्कै हुन्छन्। घोडासँग सावधान रहनै पर्छ।
त्यसैले घोडा छान्दा (चुनावमा मतदान गर्दा) खूब होश पु–याउनुपर्छ। अलिकति पनि तलमाथि प–यो भने घोडाले लात हानेर आफू पनि कता पुग्छ कता १ आजको युगमा कसैप्रति आँखा चिम्लेर विश्वास गर्न मिल्दैन।
यो घोडाजात्रा रमाइलो मात्र हैन, देशको लागि लाभदायक होस्। देशवासीका लागि सुखदायक होस्। तर के चैं नबिर्सौं भने घोडा जेजस्तो भएपनि आखिर पशु नै हो। हरियो परियो देख्नासाथ मुख मिठ्याउँदै त्यता लम्किहाल्छ। पिठ्यूँमा बसेको घोडचढीलाई हुत्याएर, लत्याएर जे पनि गर्न सक्छ।