प्रस, वीरगंज, १२ फागुन/
वाणिज्य तथा उपभोक्ता कार्यालय पर्साको अनुगमन टोलीले वीरगंजका दुईवटा पसललाई जरिवाना तिराएको छ।
टोलीले आदर्शनगरस्थित आइनेट प्रालिलाई रु ५० हजार र आदित्य इन्टरप्राइजेजलाई रु २० जरिवाना गरेको हो। आइनेटले मूल्य सूची नराखी उपभोक्तालाई ठगी गरेको उजूरीको आधारमा आज अनुगमन गर्दा प्रमाण नभेटिएपछि कारबाई गरिएको सूचना अधिकारी दिलीप खङ्ग खत्वेले बताए। अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, कार्यालय प्रमुख जीतबहादुर भण्डारीलगायतको उपस्थिति थियो।
आइनेटले मरम्मत सम्भार गर्ने पसल दर्ता गराए पनि कम्प्युटर पाटर््स बेच्दै आएको उजूरी परेको सूचना अधिकारी खत्वेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here