प्रस, परवानीपुर, १२ फागुन/
बारा, परवानीपुर–४ चैनपुरस्थित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल परवानीपुरले ४६औं वार्षिकोत्सव मनाएको छ।
अस्पताल परिसरमा शल्यक्रिया गराएका ४६ जना आँखा रोगीलाई फलफूल वितरण गर्दै अस्पतालले वार्षिकोत्सव मनाएको हो। अस्पताल सञ्चालक समितिका सल्लाहकार रमेश केडियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गजेन्द्र पटेल, नबिल बैंक श्रीपुर शाखाका प्रबन्धक सन्तोष साह, डा नितिन तुलस्यानलगायतको सहभागिता रहेको अस्पतालका वरिष्ठ प्रशासक प्रकाशकुमार वर्माले जानकारी गराए।२०३१ फागुन १२ गतेदेखि ५ शøयाबाट शुरू भएको यो अस्पतालमा मोतीबिन्दु, रेटिना, बालनेत्र विभाग, जलबिन्दु, कर्निया, आँखाको नसा सुक्नेलगायतका उपचार सेवा दिंदै आएको छ। नेपाल नेत्रज्योति सङ्घसँग आबद्ध यो अस्पताल मध्यतराईको ठूलो र दुई बिघामा फैलिएको अस्पताल हो। अस्पतालले गत आव २०७६/०७७ मा कोरोना महामारी भए तापनि ८२ हजार २३६ जनालाई ओपिडी, १० हजार ९७५ जनालाई शल्यक्रिया, १०३ जनालाई बाल विभाग शल्यक्रिया, २५८ जनालाई रेटिना, १४ जनालाई ग्लुकोना, ३५ जनालाई फेको र हातबाट गरिने शल्यक्रियाबाट ६ हजार ४९१ जनालाई सेवा दिएको थियो। हालसम्म पर्सा, बारा, रौतहट, मकवानपुर, भारतको बिहार र उत्तर प्रदेशका गरी करीब २० लाखलाई ओपिडी सेवा र ५ लाखजनालाई शल्यक्रिया सेवा उपलब्ध गराइसकेको छ।
अस्पतालले रिच कार्यक्रम अन्तर्गत सन् २०२० देखि २०२३ सम्म तीन वर्षमा पर्साको सम्पूर्ण विद्यालयका करीब साढे तीन लाख विद्यार्थीको आँखा परीक्ष्Fण र चश्मा वितरण गर्ने कार्यक्रम अघि बढाएको छ। जस अन्तर्गत वीरगंजको ८ वटा वडाका २८ वटा विद्यालयका २१ हजार ६६६ विद्यार्थीको आँखा परीक्ष्Fण गरेकोमा ७७९ जनालाई रेफर र ५१५ जनालाई चश्मा वितरण गरेको छ। अस्पतालको आँखा उपचार सेवा केन्द्रको रूपमा पर्साको वीरगंज, भिस्वा, बाराको निजगढ र कोल्हवीबाट पनि सेवा दिंदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here