प्रस, जनकपुरधाम, ९ फागुन/
आफ्नै बुबा र मामाले रकमको लागि धनुषाका एक बालकलाई अपरहरण गरेको खुलासा भएको छ। बुबा र मामा मिलेर अपहरण गरिएको बालकको ७ घण्टापछि सकुशल उद्धार गरिएको छ।
बालकका बुबा धनुषाको नगइराइन नगरपालिका–६ निवासी रमेश दास र बालकका दुर्ईजना मामासमेत मिलेर तीनजना भई ७ वर्षीय बालकको अपरहरण गरिएको थियो। बालक अपहरणको ७ घण्टाभित्रै प्रहरीले उद्धार गरेको थियो। प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहको टोलीले बालकको उद्धार गरेको हो।
बालकका बुबा र मामा दुईजनासमेत  गरी तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालक शनिवार दिउँसो १ बजे घरबाटै अपहरणमा परेका थिए। अपहरणपछि परिवारलाई अपराह्न ४ बजे एक करोड रुपैयाँ फिरौती लिएर आऊ नत्र बालकलाई मारिदिन्छु भनेर फोन आएको प्रहरी अनुसन्धानमा देखिएको छ। परिवारजनले लगत्तै प्रहरीलाई सम्पर्क गरेर राति ८ बजे जनकपुरको माछाबजारस्थित एक घरबाट बालकको सकुशल उद्धार गरेको थियो। हालसम्मको अुनसन्धानमा आफ्नै बुबा अर्थात् बालकका बुबापट्टिका बाजे हरिचन दाससँग रकम असुल्न रमेश र उनका दुईजना साला मिलेर बालकको अपहरणको नाटक गरेको खुलेको अनुसन्धानमा खटेका प्रहरी अधिकारीले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here