प्रस, वीरगंज, ९ फागुन/
कोरोनाविरुद्धको खोप वीरगंजमा शनिवारसम्म ३ हजार ८ सयजनाले लगाइसकेका छन्।
दोस्रो चरणको खोप फागुन २ गतेदेखि शुरू भएको र फागुन ८ गतेसम्म ३ हजार ८ सयजनाले लगाएको स्वास्थ्य कार्यालय वीरगंजका प्रमुख कामेश्वर चौरसियाले बताए। उनले दोस्रो चरणको खोप फागुन १० गते सोमवारसम्म सञ्चालन हुने र लक्ष्य हासिल गर्ने दाबी गरे।
दोस्रो चरणको खोप जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, सञ्चारकर्मीलाई लगाइँदैछ। पहिलो चरणको खोप पर्सा जिल्लामा ५ हजार ६१ जनाले लगाएका थिए। चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स/शववाहन चालक, भन्सार कर्मचारी/सुरक्षाकर्मी, सरसफाइकर्मी, कैदीबन्दी र वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई लगाइएको थियो।
यसैगरी, फागुन २३ गतेदेखि तेस्रो चरणको खोप प्रदान गरिने सरकारले जनाएको छ। यसका लागि भारतबाट थप १० लाख खोप आइतवार काठमाडौं आइपुगेको छ। यसअघि भारत सरकारको सहयोगमा १० लाख खोप अनुदान सहयोगमा नेपाल आएपछि पहिलो र दोस्रो चरणको खोप कार्य सम्पन्न भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here