प्रस, बिरुवागुठी, ६ फागुन/
तेस्रो पर्सागढी गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक आमोदेवी युवा स्पोट्र्स क्लब बडनिहारलाई पराजित गर्दै फ्युजन फूटबल क्लब गाईघाट उदयपुर फाइनलमा प्रवेश गरेको छ।
आजको खेलमा ५ मिनेटमैं फ्युजनका शरदकुमार राईले पहिलो गोल गरेका थिए भने सोही क्लबका दीपक मगरले मध्यान्तरपछि दोस्रो गोल गरेका थिए। सेमिफाइनलमा ० का विरुद्ध २ गोलअन्तरले फ्युजन जीतसँगै फाइनलमा प्रवेश पाएको छ।
शनिवार माघ ८ गते फाइनल खेल हुने आयोजन संस्थाले जनाएको छ।
यसअघि फाइनलमा प्रवेश गरिसकेको वीरगंज युनाइटेडसँग फ्युजन क्लब उदयपुर उपाधिका लागि भिड्नेछ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५ हजार र दोस्रो हुनेलाई ५५ हजार रुपैयाँ पुरस्कार राशि रहेको आयोजक क्लबका अध्यक्ष शम्भु दास थारूले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here