प्रस, वीरगंज, ४ फागुन/
वीरगंज–१० आदर्शनगरमा सञ्चालित फन एन्ड फनले २५ वर्ष पूरा गरी २६औं वर्षमा प्रवेश गरेको छ।
२५ वर्षअघि २०५२ सालमा सरस्वतीपूजाकै दिन ‘फन टाइम’को नामबाट उक्त डिपार्टमेन्टल स्टोर सञ्चालनमा आएको थियो।
स्टोरका सञ्चालक कञ्चनकुमार अग्रवालले रजतजयन्तीको अवसरमा सबै सामानमा एक साताको लागि ५ प्रतिशत छुट दिइरहेको बताए।
आजदेखि फागुन १० गतेसम्म यो छुट लागू हुने उनले बताए।
उक्त स्टोर वीरगंजको पहिलो डिपार्टमेन्टल स्टोर हो, जसले खाद्यान्न, बियर, कोलडिं«क्स, मदिरा, कस्मेटिक, ड्राइफूडलगायत अन्य विभिन्न सामान बेच्दै आएको छ।