प्रस, वीरगंज, २ फागुन/
वीरगंज भन्सार एजेन्ट सङ्घको सातौं साधारणसभा सम्पन्न भएको छ। बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरमा आयोजित उद्घाटन समारोहका वक्ताहरूले पेशागत हकअधिकारका लागि सङ्घका सदस्यहरूलाई सङ्गठित भएर अगाडि बढ्न सुझाव दिए।
उनीहरूले राजस्व सङ्कलनमा भन्सार एजेन्टहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै एजेन्टहरूलाई हेर्ने भन्सार कार्यालयको नजरियामा पनि परिवर्तन आवश्यक रहेकोमा जोड दिए।
सङ्घका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, सुक्खा भन्सार कार्यालयका प्रमुख डा लालबहादुर खत्री, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया, नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यालय प्रमुख कमल ज्ञवाली, शाखा अधिकृत तर्कराज जोशी, प्रिन्सिटिन भ्यालीका विकाश शर्मा, भन्सार एजेन्ट महासङ्घका केन्द्रीय सदस्य मनोजराउत कुर्मी, प्रदीप उपाध्यक्ष, एजेन्ट सङ्घका संस्थापक अध्यक्ष उमेश शर्मा, पूर्वअध्यक्ष बृजेश साह, वरिष्ठ उपाध्यक्ष दामोदर राठी, नन्दकिशोर मल्ललगायतको सहभागिता थियो।