मुकुन्द आचार्य
हाम्रँे सानो देशमा धेरै थरीका भाषाभेष छन् । एकजना त भेषबहादुर थापा थिए, धेरैलाई सम्झना होला । भेषभाषा आदिको भिन्नताले नै त देश रमाइलो, घमाइलो हुँदो रै‘छ ।
तसर्थ नेपालको तराई भेगमा पनि भोजपुरी, मैथिली, अवधी, थारू, राजवंशी आदि भाषाको राम्रँे उपस्थिति छ । भोजपुरी भाषाको लोकगीतको यो सर्वप्रसिद्ध त्रबोल हो । कोइलीले कुहु–कुहु गर्दा कतिलाई रोमाञ्च हुन्छ रे !
वसन्त ऋतुदेखि कोइलीले पनि मिलनको गीत गाउन थाल्छ भन्ने प्रचलन रहिआएको छ । कुनै पुस्तक पढेको जस्तो लाग्छः वसन्त ऋतु आएको बेला कोइली र कविलाई पहिले थाहा हुन्छ रे । वसन्त आउनासाथ कता हो कता लुकीबसेको कोइली पञ्चम स्वरमा गाउने र कविले पनि ताली बजाएर सुसेलेर उसैको तालमा नाच्ने गाउने गर्छ भन्ने मान्यता हामीले पालिरहेका छौं । कवि, कोइली र वसन्त ऋतुको एक्का ट्रायल नामी र दामी मानिन्छ ।
हाम्रँ पूर्वीय शास्त्रीय वर्णनहरूमा वसन्त ऋतुको शुभागमनको निहुँमा वसन्तोत्सव धूमधामले मनाउने प्रचलन रहिआएको थियो । राजा रजौटाहरू आफूलाई इन्द्र र दरबारिया स्त्रीलिङ्गहरूलाई अप्सरा मानेर निकै उल्लासका साथ जिस्किने, मस्किने, ठुस्किने, लट्ठिने गर्थे रे । इन्द्र दरबारका रौनक मानिने मेनका, उर्वशी, रम्भा, तिलोत्तमा आदिको सम्झनाले अझै पनि रसिकहरू मुख रसिलो पार्छन् । इन्द्र दरबारको मस्ती ध्यानमा राखेर नै बच्चनले मधुशाला लेखेका थिए ।
छिनछिनमा संसार फेरिन्छ । समय फेरियो । अब त वसन्त आएर गएको कविलाई थाहै हुँदैन । कवि त अब भाव–प्रभावबाट मुक्त भयो । आफ्नो गृहस्थीको बैलगाडामा हल्लिंदै, आफ्नो आयुको पुच्छर निमोठ्दै झोक्राएर दिनकटनी गरिरहेका हुन्छन् । कताको कविता काव्य … वसन्त ऋतु, कता म¥यो कोइली– कसैको अत्तोपत्तो हुँदैन । नदी सुके जीवनको सरसता पनि हेर्दाहेर्दै हराएझैं छ ।
अकस्मात् एउटा कोइली देखा प¥यो । वसन्त पञ्चमी आएछ, स्टुडेन्ट्स र सर–मैडम सबै मिलेर सरस्वतीपूजा गर्ने भनी उत्साहित, अस्तव्यस्त छन् । अचेल शिक्ष्ाँक्ष्ँेत्र पनि कमाइखाने भाँडो भएको छ । कुनै न कुनै निहुँले अभिभावकको थाप्लोमा फीको भारी बोकाएर निजी विद्यालयले आफ्नो आर्थिक स्वास्थ्य खाइलाग्दो पारेका छन् । थोरै सेवा गरेर धेरै मेवा खाने मेलोमेसो प्रशंसनीय छ, दर्शनीय छ ।
कागभन्दा कोइली बाठो भन्छन् । मैले क्यै सोध्नुभन्दा पहिले उसले नै सोध्यो– अब त वसन्त ऋतु आयो । कवि, रचनाकार, बुद्धिजीवी सबै मिलेर क्यै गर्ने हो कि ? क्यै रचनात्मक काम !?
मैले भने, श्रीमान् कोइलीजी १ अचेल साहित्यकार सबैजसो सेलाएका छन् । बिचराहरूलाई जीवन धान्न गा¥हो छ। आर्थिक दृष्टिले साहित्यलाई अनुत्पादक मानिन्छ । अहिले त लुटी ल्याउने र भुटी खाने जमाना आएको छ । साहित्यको ‘स’ पनि कसैले उच्चारण गर्न मन पराउँदैन । यस्तो अवस्थामा कसले कवि, कविता, कोइली र कलाकारलाई खोजी हिंड्छ । आजको मान्छे पूर्णतया ‘मनी माइन्डेड’ भइसक्यो । अब आँपको बागबगैंचा कहाँ बाँकी छ र ? तिमी कोइलीहरू पनि अब ‘अमवा के डारी में बोले रे कोयलिया’ गीत सुन्न पाउनेछैनौं । गाउन पाउने छैनौं १ रूखै नभए…!
मेरो खरो दरो टर्रो तीतो तिखो प्रतिक्रिया बिचरा कोइलीले पचाउन सकेन, सहन सकेन र यौटा शोकगीत गाउँदै कुनै आँपको रूखको खोजीमा फुर्रर्र उडिगयो !
तर जाँदाजाँदै उसलाई मैले सानो सल्लाह दिएँ, अब त बागबगैंचा सबै मान्छेको स्वार्थको आगोमा डढेर खरानी भइसके ! तिमी पनि सावधान रहनू ! तिमीलाई पनि कालो बगेडी भनेर मान्छेले फ्राइ गरेर खाइदेला नि १ अचेल मान्छेले बागभन्दा मनी ब्याग मन पराउँछ।
त्यस बज्जिया कोइलीले झर्केर भन्यो, थॉछ ! थॉछ !! धेरै जान्ने भएर सल्लाह दिनुपर्दैन ।
जा मर…! भन्दै म पनि बाटो लागें । हाम्रा शास्त्रले भन्छन्– ‘छिन्नेमूले नैव शाखा न पत्रम् १’ अर्थात् रूखै नभए आँपको हाँगा कहाँ पाउनु ? अनि त्यस हाँगामा बसेर गाउने सपना हेर्नु कति मूर्खतापूर्ण अभिलाषा १ संसार कङ्क्रिटको जङ्गल भइसक्यो १ बिचरो कोइलीलाई के था ?