प्रस, वीरगंज, २४ माघ/
नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सातवटा शाखाका अध्यक्ष्Fहरूको जनकपुरमा भेला सम्पन्न भएको छ। भेलाले नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ कमिटीले शाखाको अधिकार कुण्ठित गरेको र विधानविपरीत सदस्यता वितरण, नवीकरण र थपघट गर्ने काम गरेको भन्दै उक्त निर्णय सच्याउन आग्रह गरेको छ।
प्रदेश २ का ८ वटा शाखामध्ये धनुषा, रौतहट, सप्तरी, सिराहा, बारा, पर्सा र सर्लाहीका अध्यक्षहरू क्रमशः अनिल मिश्र, रवीन्द्र साह, जीतेन्द्र खड्का, दिनेश्वर गुप्ता, कमल उपाध्याय, श्याम बन्जारा, विश्वनाथ ठाकुर सम्मिलित बैठकले सो निर्णय गरेको हो।
सातजना अध्यक्ष्Fले प्रदेश २ को फागुन १ गते वीरगंजमा हुने दोस्रो अधिवेशनअगावै सदस्यता वितरण र नवीकरणको सन्दर्भमा देखिएका समस्याको समाधान गर्न माग गर्दै सो नगरिए अधिवेशनमा सहभागी नहुने चेतावनी दिएका छन्।