प्रस, पर्सागढी, २४ माघ/
पर्सागढी नगरपालिका–३ बडनियारको तम्बा छ्योलिङ विश्वउद्धार गुम्बाको आयोजनामा मञ्जुश्री संवत् २८५७ र सोनाम ल्होछार पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ।
सोनाम ल्होछार नेपालमा शेर्पा, लामा, भोटे, याल्मो, तामाङ, गुरुङ र थकाली जातिले मनाउने गर्छन्।
पर्सा जिल्लामा पर्सागढी नगरपालिका र ठोरी गाउँपालिकामा यो पर्व मनाउने गरिन्छ।
गुम्बाका अध्यक्ष सुर्तीराम तामाड्ढो अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले गरेका थिए। उनले सबै नेपालीबीच आपसी सद्भाव, माया, प्रेमको भावना जागृत हुनुपर्ने बताए। उनले धर्मले हाम्रो रीतिरिवाजका साथै नयाँ पुस्तालाई यसबारेमा जागृत गराउने गरेको बताए। कार्यक्रममा प्रदेशसभा सदस्य राजेश्वरसाह तेली, पर्सागढीका प्रमुख लोकनारायण यादव, उपप्रमुख अर्चना चौधरी, बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साह, नेकपा पर्सागढी नगरका संयोजक विश्वमोहन चौधरी, नेकपाका नगरसंयोजक गोकर्ण पाठक, नेका बुथसभापति जङ्गबहादुर दास थारू, जसपाका नगरअध्यक्ष्F शेख खुर्सेद, वडाध्यक्ष्Fहरू किसुनदेवप्रसाद यादव, उद्धवबहादुर उप्रेती, वेदमानदास थारू, समसुद्दीन देवान, समाजसेवी अच्छेलाल यादवलगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा सुनील पण्डित, बुद्ध लामा, सुनीता तामाङ, सुनीता कार्कीलगायतले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए।
कार्यक्रममा सुकमान तामाङले स्वागत र मनिता पाण्डेले सहजीकरण गरेकी थिइन्।