प्रस, जीतपुर, २२ माघ/
मालपोत कार्यालय सिमरा, बाराले चालू आवको ६ महीनामा रु १६ करोड ८४ लाख ३३ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख मनोजकुमार खनालले बताए।
चालू आवको साउनदेखि पुस मसान्तसम्म घरजग्गा रजिस्टे«शनबाट रु १० करोड ४० लाख ८३ हजार, पुर्जा बिक्री सेवा शुल्कबाट रु १० हजार ६ सय, सेवा शुल्कबाट रु ८ लाख २ हजार, रोक्का दस्तुरबाट रु १ करोड ६० लाख ८७ हजार, पूँजीगत लाभकरबाट रु ४ करोड ७४ लाख ४८ हजार गरी रु १६ करोड ८४ लाख ३३ हजार राजस्व सङ्कलन भएको प्रमुख खनालले बताए।
उनले मालपोत कार्यालय, सिमराबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन र सेवाग्राहीको समय बचत गर्नको लागि टोकन प्रणाली लागू गरिएको बताए। उनले टोकन प्रणाली लागू गरिएपछि सेवाग्राहीहरूले निष्पक्ष तौरबाट सुविधा प्राप्त गर्न सक्ने सम्भावना बढेको उनले दाबी गरे। टोकन प्रणाली लागू नहुँदा सेवाग्राहीहरूसँग कर्मचारीहरूले भेदभावपूर्ण व्यवहार गर्दै आएको गुनासोको आधारमा सबैलाई समान सेवा प्रदान गर्न टोकन प्रणाली लागू गरिएको प्रमुख खनालले बताए। उनले सबैखाले सेवालाई प्रभावकारी बनाउन र सूचना प्रविधिको विकास गर्न वेबसाइट सञ्चालनमा ल्याउन लागेको पनि जानकारी गराए। मालपोत कार्यालय, सिमराले प्रदान गर्ने सेवाहरू अबका दिनमा वेबसाइटबाट जानकारी लिन सकिने प्रमुख खनालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here