प्रस, सेढवा, २१ माघ/
प्रथम पटेर्वासुगौली गोल्डकप प्रतियोगिता अन्तर्गत बुधवार वसन्तपुर युनाइटेड चितवन सेमिफाइनलमा प्रवेश गरेको छ।
चितवनले एफसी मुन्डियाल क्लब हेटौंडालाई ३ का विरुद्ध ४ गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो। वसन्तपुर युनाइटेड चितवनका जर्सी नं ७ का रोशन खत्रीले तीन गोल र सुरज लामिछानेले एक गोल गरेका थिए।
त्यस्तै, हेटौंडाका विश्व लामाले दुई र समीरराज ठोकरले एक गोल गरेका थिए। आजको खेलको म्यान अफ दि म्याच चितवनका रोशन खत्री घोषित भए।
बिहीवारको खेल वीरगंज युनाइटेड र वाग्मती फूटबल क्लब सर्लाहीबीच हुने आयोजक समता समाज नेपाल निचुटाका अध्यक्ष मधुकान्त चौधरीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here