प्रस, महोत्तरी, १९ माघ/
गौशाला नगरपालिका–५ बाट घूससहित सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ परेका छन्।
रामनगरस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार श्रवण बस्नेतलाई रु १५ हजार घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले पक्राउ गरेको हो।
घरमा प्रयोग हुने काठ दाउरा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु १५ हजार घूस रकम माग गरेको बस्नेतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अख्तियारले जनFएको छ।