प्रस, वीरगंज, १७ माघ/
नेकपा ओली पक्षीय इलाकास्तरीय अगुवा कार्यकर्ता भेला शनिवार वीरगंजमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरमा सम्पन्न भेलामा वीरगंज महानगर वडा नं ११, १२, १३, १४, १५ र २३ वडाका नेता, कार्यकर्ताहरूको सहभागिता थियो।
नेकपा प्रदेश कमिटी सदस्य मेघराज पासवानको अध्यक्षता तथा नेकपा पर्साका अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेताहरू निर्मला देवकोटा, डा विश्वम्भर शर्मा, बसरुद्दीन अन्सारी, सुन्दर कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
यसैगरी, ओली पक्षकै वीरगंज वडा नं २१ लिपनीबिर्ताका नेता राजेन्द्र यादवको अध्यक्षतामा परवानीपुरमा पनि इलाकास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।
प्रस, पर्सागढी/
पर्सागढी नगरपालिका वडा नं ४ मा नेकपा प्रचण्ड–नेपाल समूहले धर्मराज आचार्यको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ। भेलाले वडास्तरीय आन्दोलन परिचालन समिति गठन गरेको छ। भेलाले ५१ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको सो समूहले जनाएको छ। कार्यक्रममा पर्सागढी नपा आन्दोलन परिचालन समिति संयोजक धनबहादुर श्रेष्ठ, जिल्ला सदस्य सत्यनारायण दास थारू, रामेश्वर मण्डल, सोम लामा, गोल बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए।