प्रस, वीरगंज, ९ माघ/
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीले स्वागत तथा अन्तत्र्रिmया कार्यक्रम गरेको छ।
हालै सरुवा भई वीरगंज आएका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेको स्वागत गर्दै कार्यक्रममा सहभागीहरूले दैनिकरूपमा महिला हिंसा र अन्य हिंसा बढेको बताए। सहभागीहरूले वीरगंजमा फोहोरको व्यवस्थापन हुन नसकेको, उपभोक्ता ठग्ने काम भइरहेको, चेलीबेटीहरू असुरक्षित रहेको बताएका थिए। सहभागीहरूले दाइजो प्रथा नियन्त्रण हुन नसकेको, घूस र तस्करी बढेकोलगायतका समस्याबारे प्रउ पाण्डेको ध्यानाकर्षण गराएका थिए।
प्रउ पाण्डेले राज्य संयन्त्रप्रति विश्वास र धैर्य राख्नु अहिलेको आवश्यकता रहेको बताए। उनले समाजमा बढ्दो हिंसा, हत्या, बलात्कार, चोरी, डकैती, तस्करी नियन्त्रणको लागि आम जनसमुदायले सही सूचना नदिए नियन्त्रण हुन नसक्ने बताए। समाजका व्यक्तिहरूले सही सूचना दिएमा तथ्यगत आधारमा प्रहरीले अपराधलाई न्यूनीकरण गर्न सक्ने बताए। प्रउ पाण्डेले अपराध कहिले पनि शून्यमा झर्दैन तर त्यसलाई नियन्त्रण गरी न्यूनीकरण भने गर्न सकिने बताए। प्रहरी पनि यही समाजको अङ्ग भएकोले प्रहरीलाई जहिल पनि आफ्नो सम्झेर सहयोग गर्न सुझाव दिए।
केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा पुरुषोत्तम दुबे, वडाध्यक्ष भरत कुर्मी, दिलीप प्रधानलगायतले मन्तव्य व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here